सुर्खेतमा क्वारिन्टिनबाट घर फर्केका एक युवकको मृत्यु



सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ हाँसेगाउँका २० वर्षीय युवकको बिहीबार बिहान मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक असरथ अलि अन्सारीका अनुसार भारतको मुम्बईबाट जेठ ९ गते सुर्खेत आएका उनको आज बिहान निधन भएको हो ।

‘उनी यहाँ आइसकेपछि पञ्चपुरी नगरपालिका वडा ९ को विद्यापुरमा रहेको जनता माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनमा उनी बसेका थिए । बुधबार साढे चार बजे उनको आरडिटी जाँच गरिसकेपछि उनको नतिजा नेगेटिभ आएको थियो । त्यसपछि उनी साढे चार बजे आफ्नो घरतिर लागेका थिए,’ उनले भने, ‘उनी आज बिहान साढे १२ बजे घर पुगेका रहेछन् । उनका दाजुका अनुसार उनको घरबाट साढे चार सय मिटरको दुरीमा मौरी पालनका लागि घर निर्माण गरिएको छ । सोही घरमा क्वारेन्टाईनमा बस्न उनी त्यहाँ गएका थिए । राती एक्कासी ती युवालाई श्वास फेर्न गाह्रो भयो । त्यसपछि उनको निधन नै भयो ।’

स्वास्थ्यकर्मीको टोली उनको स्वाव संकलन गर्नका लागि उक्त तर्फ प्रस्थान गरिसकेको पञ्चपुरी नगरपालिकाका नगर प्रमुख उपेन्द्र थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाहीको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई

ढकाल र जोशी एआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका दुई जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ

तीन दिन गड्डाचौकी नाका बन्द हुने

महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका तीन दिन बन्द हुनेभएको छ ।

सुप्रिम सहकारी प्रकरणमा २८ जनाविरुद्ध मुद्दा दर्ता, गृहमन्त्रीमाथि प्रहरी र सरकारी वकिल मौन

बुटवल । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एक अर्बभन्दा बढी