दरबार हत्याकाण्डको १९ वर्ष पूरा, हत्याकाण्ड अझै रहस्यमै



काठमाडौं । राजा वीरेन्द्रको वंशनाश गर्ने गरी मच्चाइएको दरबार हत्याकाण्डको सोमबार १९ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते शुक्रवार राति राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिसहितका १० जनाको हत्या भएको थियो । १९ वर्षको यस अवधिमा वीरेन्द्रका भाइ अर्थात् तत्कालीन राजा ज्ञानेन्द्रलायत धेरै नेताहरु सत्तामा पुगे । तर दरबार हत्याकाण्डको कारण कसैले खोजेन ।

नेपालको इतिहासकै कालो दिनका रुपमा अंकित जेठ १९ मा भएको घटनाबारे अझै पनि नेपालीको मन सन्तुष्ट हुने गरी तथ्य स्थापित गर्न सकिएको छैन । सर्वोच्च अदालतका तात्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको नेतृत्वमा सभामुख तारानाथ रानाभाट सदस्य रहेको उच्चस्तरीय छानबिन समिति बनाइयो ।

तर त्यो समितिको प्रतिवेदनबाट जनता सन्तुष्ट भएनन् अर्थात् समितिको प्रतिवेदन पत्याएनन् र अहिले पनि पत्याएका छैनन् । समितिले दीपेन्द्रले नै गोली चलाएको बताएको थियो । नारायणहिटी राजदरबारलाई संग्रहालयमा परिणत गर्दा राजनीतिक दलका नेताहरुले यस हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्ने बताएपनि त्यो कुरामै मात्र सीमित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने

पोखरा । पोखरा अन्तराष्ट्रिय विमानस्थलका कारण स्थानान्तरणको मारमा परेको प्याराग्लाइडिङ व्यवसाय पछिल्लो समय

पर्यटक आकर्षणको केन्द्र बन्दै लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वीलमजुङको राइनास नगरपालिका–९ मा रहेको राइनासकोट पछिल्लो समय आन्तरिक तथा बाह्य

चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन

भोजपुर । सरकारले घुम्नुपर्ने १०० पर्यटकीय गन्तव्य घोषणा गरेको मुन्दुम पदमार्गका विशेषतालाई चित्रकारहरुले

रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

गलकोट । झाडी फाँडेर लगाइएको चियाले उत्पादन दिन थालेपछि यहाँका चिया किसान उत्साहित