बाँकेमा भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु, २१ घाइते



नेपालगञ्ज । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारीस्थित ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार, नेपालगञ्जबाट सल्यान गइरहेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटना आइतबार मध्यराति भएको प्रहरीले जनाएको छ । भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. प्रकाश थापाका अनुसार ११ पुरुष र एक महिलाको मृत्यु भएको छ ।

दुर्घटनामा २१ जना घाइते भएका छन् । घाइतेको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रामहरि हत्याका आरोपित बटालासम्बन्धी मुद्दामा पुनः सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका आरोपित गोविन्दबहादुर बटालासम्बन्धी मुद्दामा

शर्माविरुद्ध तीन करोड ६ लाख ५४ हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा जलस्रोत तथा सिँचाइ

कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट कर्णाली प्रादेशिक अस्पताल सुर्खेतका चिकित्सकको मृत्यु भएको छ

‘घाटामा गइरहेको निगमलाई थप मर्का पर्ने गरी सेल्फ ग्राउण्ड ह्याण्डलिङको जिम्मा अरुलाई किन ?’

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङको