लकडाउनमा काठमाडौं, फोटोमा हेर्नुस्
काठमाडौं । सरकारले जारी गरेको लकडाउन दुई महिनादेखि जारी छ । गतवर्ष चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण बढ्न थालेपछि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो । तर पछिल्लो पटक लकडाउनको उलंघन निकै बढ्न थालेको छ । काठमाडौंका बिभिन्न चोक चोकमा प्रहरी बसेपनि प्रभावकारी रुपमा जाँच नहुदा उल्लंघन बढेको हो ।
पछिल्लो पटक लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याइएको छ । जेठ २० गतेपछि भने लकडाउनको मोडालिटी परितर्वन गर्ने तयारीमा सरकार छ । लकडाउनमा अत्यावश्यक सेवाका सवारी र पासबाहक सवारी मात्रै सञ्चालनमा आउन पाउने भनिएतापनि अन्य सवारीहरु पनि निर्वाध रुपमा गुडेका छन् । पछिल्लो समय काठमाडौं उपत्यका लगाएत मुलुकभर कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।