हिमानी कोषद्धारा नेपाल मेडिकल एशोसिएसनलाई स्वास्थ्य सामग्री हस्तान्तरण



काठमाडौं । हिमानी कोषले देशका विभिन्न अस्पतालमा कोरोना विरुद्ध कार्यरत चिकित्सकका लागि नेपाल मेडिकल एशोसियसन (एनएमए) मार्फत मास्क, स्यानिटाईजर र लेजर थर्मोमिटर सहयोग गरेको छ ।

हिमानी कोष र एनएमएले सोमबार आपसी सम्झौता पत्रमा हस्ताक्षर गर्दै उक्त सामग्रीहरु कोभिड १९ बाट अत्याधिक प्रभावित स्थानका अस्पतालमा कार्यरत चिकित्सकहरुलाई प्रदान गर्ने सहमति गरेका छन् । उक्त सम्झौता पत्रमा हिमानी कोषकातर्फबाट महासचिव रेश्मा राणा र नेपाल मेडिकल एशोसिएसनका तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरेका छन् ।

कोषको कार्यालयमा भएको कार्यक्रममा हिमानी कोषले ५ हजार थान केएन ९५ मास्क, २४०० थान स्यानिटाईजर र ४८ थान लेजर थर्मोमिटर एनएमएका अध्यक्ष डा. लोचन कार्कीलाई हस्तान्तरण गरेको छ । सामग्री बुझ्दै एनएमएका अध्यक्ष डा. कार्कीले उक्त सामग्री आजैबाट वितरण गर्न थालिने बताए । संस्थाकी अध्यक्ष हिमानी राज्य लक्ष्मी देवी शाह नेपालमा नरहनु भएका कारण अन्य पदाधिकारीले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

साथै, हिमानी कोष र नेपाल मेडिकल एशोसियसन बीच स्वास्थ्य सेवालाई योगदान गर्न दिर्घकालिनरुपमा सहकार्य गर्ने समेत तयारी भएको छ । सहकार्यका बिषयहरु तय गरी केही समय भित्रै कार्ययोजना ल्याउने दुवै संस्थाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२० किलो चरेश र २१ किलो गाँजासहित रुपन्देहीमा सातजना पक्राउ

  लुम्बिनी । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठूलो परिणामको  गाँजा र चरेससहित सातजना

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगर उत्कृष्ट

चितवन । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका भएको छ । राष्ट्रिय प्राकृतिक

पर्सामा बाघको निगरानी गर्न क्यामेरा ‘ट्रयापिङ’

वीरगञ्ज । पर्सा जिल्लाको साझेदारी वनमा बाघको निगरानी गर्न अत्याधुनिक क्यामेरा ट्रयापिङ गरिएको

दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि बजेटको स्रोत सुनिश्चित

म्याग्दी । गण्डकी प्रदेश सरकारले मुस्ताङको दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि