संक्रमित बढेपछि कपिलवस्तु जिल्ला जेठ ५ गतेसम्म सिल गरिने
तौलिहवा । जिल्लामा कोरोना संक्रमितको संख्या बढेपिछ कपिलवस्तु जिल्लालाई सिल गरिएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२०को दफा २ (१) बमोजिम वैशाख २९ गते साँझ ५ गतेदेखि जेठ ५ गते मध्यरातसम्म जिल्लालाई सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिएका छन् ।
खाद्यान्न, तरकारी, फलफूल, दूघ, पेट्रोलियम पदार्थ जस्ता अतिआवश्यकीय सामग्री ओसारपसार गर्ने सवारीसाधन मात्र संचालन गर्न दिइने प्रजिअ पौडेलले बताए । कपिलवस्तुमा हालसम्म १५ जना कोरोना संक्रमित फेला गरेका छन् । उनीहरूको बुटवलको अस्थायी अस्पतालमा उपचार भइरहेको छ । संक्रमितको अवस्था सामान्य छ ।