राष्ट्रिय सेवा दल एल्मुनाई काठमाडौद्वारा राहत वितरण



काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को कारण नेपाल सरकारद्वारा लकडाउन जारी गरेको एक महिना भन्दा बढी भइसकेको छ । जसकारण गरीव, श्रमिक, ज्यालादारी मजदूर परिवार मात्र नभई आमसर्वसाधारणको घरको खानेकुराहरू सकिने अवस्थामा छ । प्रत्येक दिन बिहान र बेलुका के खाने भन्ने समस्या सिर्जना भईसकेको छ ।

सोही कुरालाई मध्यनजर गरी, रास्ट्रिय सेवा दल एल्मुनाई एशोसियसन काठमाडौ जिल्ला कार्य समितिले राहत वितरण गरेको छ । निर्देशक ज्योती थापाको निर्देशनमा चण्डी दल गण र दुर्गा बक्स गणसँग समन्वय गरी राष्ट्रिय सेवा दलको जुनियर र सिनियर डिभिजन तालिम गरेका क्याडेट छात्र छात्राहरूको उपस्थितिमा राहत वितरण गरिएको हो ।

एशोसिएसनले काठमाडौं महानगरपालिका वडा नम्बर नौ बानेश्वरस्थित नमुना सुकुम्बासी बस्तीमा सोमबार राहत वितरण गरेको छ । बर्षाले गर्दा असहज परिस्थितिका कारण उपस्थित सर्वसाधारणको हुल मिलाउन हम्मे परे पनि क्याडेट भाइबहिनीहरुले राम्रो भूमिका निर्वाह गर्दा राहत वितरण गर्न सजिलो भएको एल्मुनाइ कार्य समिति निर्देशक ज्योति थापाले बताइन् ।

काठमाडौ जिल्लामा मात्रै नभई रुपन्देही, मोरङ लगायत देशका विभिन्न जिल्लामा राष्ट्रिय सेवा दल क्याडेटहरुले कतै राहत वितरण गरेर त कतै स्वयंसेवक बनेर सुरक्षा निकायलाई सहयोग गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइएसआईका एजेन्ट भएको आरोपमा भारतमा एक नेपाली पक्राउ

काठमाडौं । पाकस्तानी खुफिया एजेन्सी आइएसआईका एजेन्ट भएको आरोपमा भारतमा एक नेपाली पक्राउ

सुनुवाइ नसकिएपछि रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको

द्वन्द्वपीडितलाई विश्वासमा लिएर संक्रमणकालीन न्यायको काम टुंग्याउन आयोगको  आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वपीडितलाई विश्वासमा लिएर संक्रमणकालीन न्यायको काम टुंग्याउन

जापानी विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको भेट, भयो यी विषयमा कुराकानी

काठमाडौं । जापान भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा र जापानका विदेशमन्त्री इवाया