नेपालमा अध्यात्म ज्ञान ओलम्पियाड आयोजना हुँदै
काठमाडौं । फेमिली पिस एसोसिएसन नेपालले अध्यात्म ज्ञान ओलम्पियाड आयोजना गर्ने भएको छ । एसोसिएसनले विज्ञप्ति जारी गरी हरेक मानव क्रियाकलापमा आध्यात्मिक सचेतनाको आवश्यकतालाई सम्बोधन गर्न राष्ट्रिय स्तरको अध्यात्म ज्ञान ओलम्पियाड आयोजना गर्न लागेको जानकारी दिएको हो । तीन चरणमा आयोजना हुने यस अध्यात्म ज्ञान ओलम्पियाडमा पहिलो र दोस्रो चरणहरू क्रमशः इमेल र भिडियो कलमार्फत सञ्चालन हुनेछन् भने तेस्रो चरणमा मात्र सहभागीहरू तोकिएको स्थानमा उपस्थित भएर आफ्नो विचार प्रस्तुत गर्नेछन् ।
सहभागीहरूले पहिलो चरणमा दिइएको तीन शीर्षकहरू मध्ये कुनै एकमा दुई हजार शब्द नबढाइ निबन्ध लेखेर संस्थाको इमेलमा पठाउनु पर्नेछ । प्राप्त निबन्धका आधारमा मूल्याङ्कन समितिले दोस्रो चरणको लागि सर्वोकृष्ट ४० जना छान्नेछ ।
दोस्रो चरण पुग्न सफल ४० जनालाई मूल्याङ्कन समितिले छुट्टाछुट्टै भिडियो कल गरेर प्रश्न उत्तर राउण्ड सञ्चालन गर्नेछ र तेस्रो चरणको लागि सर्वोकृष्ट १० जना छनौट गर्ने छ । तेस्रो चरणमा पुगेका १० जनाले मूल्याङ्कन समिति समक्ष उपस्थित भएर आफ्नो प्रस्तुति दिनु पर्नेछ । यसरी तीन चरणबाट छनौट गरिएको प्रथम, द्वितीय र तृतीय विजयीहरूलाई पुरस्कार वितरण समारोहमा क्रमशः २१ हजार, १२ हजार र सात हजार नगद पुरस्कार, पदक र प्रमाण पत्र प्रदान गरिने एसोसिएसनले जनाएको छ ।
प्रेस विज्ञप्ति
हरेक मानिस जन्मजात महान् व्यक्ति बन्ने गुण तथा क्षमता लिएर आएको भए पनि पल-पलमा गर्ने निर्णय सहि दिशामा लैजान नसक्दा र सन्तुलित प्राथमिकतामा जोड दिन नसक्दा आफूलाई सर्वोकृष्ट प्राणीको रूपमा उभ्याउन सकेको छैन। झन् भौतिक जीवन शैली तर्फ बढी नै झुकाव बढे सँगै मानव मूल्य मान्यतामा पनि ह्रास आएको छ। अतः कुनै वाद, सिद्धान्त र आस्थाको बन्दी भएर होइन आध्यात्मिक सचेतनाकोजगमा आफ्नो समाज र राष्ट्रको उन्नयनमा क्रियाशिल रहने नवसिर्जनशील तथा उद्यमशील युवाहरूकोटड्कारोआवश्यकताआजको नेपाली समाजलाईछ। यही यथार्थलाई आत्मासाथ गर्दैफेमिली पिस एसोसिएसन नेपालले हरेक मानव क्रियाकलापमा आध्यात्मिक सचेतनाको आवश्यकतालाई सम्बोधन गर्न राष्ट्रिय स्तरको अध्यात्म ज्ञान ओलम्पियाडआयोजना गर्ने यसै प्रेस विज्ञप्तिमार्फत घोषणा गर्दछ।
तीन चरणमा आयोजना हुने यस अध्यात्म ज्ञान ओलम्पियाडमा पहिलो र दोस्रो चरणहरू क्रमशः इमेल र भिडियो कलमार्फत सञ्चालन हुन्छ भने तेस्रो चरणमा मात्र सहभागीहरू तोकिएको स्थानमा उपस्थित भएर आफ्नो विचार प्रस्तुत गर्नेछन्।सहभागीहरूले पहिलो चरणमा दिइएको तीन शीर्षकहरू मध्ये कुनै एकमा २००० शब्द नबढाइ निबन्ध लेखेर संस्थाको इमेलमा पठाउनु पर्नेछ। प्राप्त निबन्धका आधारमा मूल्याङ्कन समितिले दोस्रो चरणको लागि सर्वोकृष्ट ४० जना छान्नेछ। दोस्रो चरण पुग्न सफल ४० जनालाई मूल्याङ्कन समितिले छुट्टाछुट्टै भिडियो कल गरेर प्रश्न उत्तर राउण्ड सञ्चालन गर्नेछ र तेस्रो चरणको लागि सर्वोकृष्ट १० जना छान्नेछ।तेस्रो चरणमा पुगेका १० जनाले मूल्याङ्कन समिति समक्ष उपस्थित भएर आफ्नो प्रस्तुति दिनु पर्नेछ। यसरी तीन चरणबाट छनौट गरिएको प्रथम, द्वितीय र तृतीय विजयीहरूलाई पुरस्कार वितरण समारोहमा क्रमशः २१,०००।-, १२,०००।– र ७,०००।- नगद पुरस्कार, पदक र प्रमाण पत्र प्रदान गरिनेछ।
अध्यात्म ज्ञान ओलम्पियाडलेबौद्धिक चिन्तनशील युवाको व्यापक सहभागिताका लागि अवसर प्रदान गर्छ, भविष्यको नेतृत्व वर्गमा नैतिकता, दूरदर्शिता र लोकोपकारीता पुनर्जागृत गर्न प्रेरित गर्छ र धर्मभन्दा माथि उठेर अध्यात्म ज्ञानको प्रचार प्रसार गर्नुपर्ने विषय प्रति सरोकारवाला सबैलाई सचेत गराउँछ भन्ने कुरामा फेमिली पिस एसोसिएसन नेपाल विश्वस्त छ।
अध्यक्ष
फेमिली पिस एसोसिएसन नेपाल

