पत्रकार महासंघलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण



हेटौंडा । सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले यस प्रदेशमा कार्यरत पत्रकारलाई स्वास्थ्य सुरक्षासँग सम्बन्धित सामग्री नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिलाई हस्तान्तरण गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले सोमबार हेटौडामा नेपाल पत्रकार महासंघ प्रदेश समितिलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव विनोदप्रकाश सिंह र सञ्चार रजिष्टार रेवति सापकोटाको पनि उपस्थिति रहेको थियो ।

महासंघले सोमबारै मकवानपुरको लागि शाखा अध्यक्ष हरि हुमागाईलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप, दोलखा र सिन्धुपाल्चोकका पनि उक्त सामग्री पुर्याइनेछ । पत्रकारहरुको स्वास्थ्य सम्वेदनशिलतालाई ध्यान राख्दै स्वास्थ्य सामग्री उपलब्ध गराइदिएकोमा प्रदेश सरकार,आन्तरिक मामिला तथा कानून मन्त्रालय र सञ्चार रजिष्ट्रारको कार्यालयप्रति आभार प्रकट गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकल चेपाङ महिलालाई बाख्रा वितरण

चितवन।  इच्छाकामना गाउँपालिका वडा नम्बर–१ का १० जना सीमान्तकृत चेपाङ समुदायका एकल महिलालाई

८२ मेगावाट क्षमताको तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ

बन्दीपुरको मौलिकता जोगाउन गाउँपालिकाको कडाइ

दमौली (तनहुँ)। पहाडकी रानी उपनामले परिचित बन्दीपुर बजारको मौलिकता र सौन्दय जोगाई राख्न