हिमानी कोषद्वारा स्वास्थ्यकर्मी, संचारकर्मी, सुरक्षाकर्मीलगायतलाई स्वास्थ्य सामग्री प्रदान



काठमाडौं । हिमानी ट्रष्टले कोभिड १९ विरुद्ध अग्रपंक्तिमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मी, प्रहरी, संचारकर्मी, कर्मचारी र जनप्रतिनिधिहरुलाई अत्यावश्यक सुरक्षा सामग्रीहरु पिपिई, मास्क, पञ्जा, स्यानीटाईजर लगायत वितरण गरेको छ । आइतबार हिमानी कोषले काठमाण्डौ मेडिकल कलेजलाई आवश्यक सामग्रीहरु प्रदान गरेको छ ।

हिमानी कोषकी उपाध्यक्ष पे्ररणा राज्य लक्ष्मी देवी सिंहले उक्त सामग्रीहरु हस्तान्तरण गरेकी हुन् । साथै सोही कार्यक्रममा २० संचारमाध्ययमका संचारकर्मीलाई समेत आपतकालिन समयमा आवश्यक सामग्री प्रदान गरिएको छ । राहत वितरणकालागि कोषको कार्यालय बालुवाटारमा राखिएको कार्यक्रममा बोल्दै काठमाण्डौ मेडिकल कलेजकी प्रमुख प्राध्यापक डा. चन्दा कार्कीले नेपालमा समाजसेवा प्रति राजसंस्थाले खेलेको भूमिका अतुलनीय भएको उल्लेख गरिन् ।

उनले आफूले महाराजधिराज महेन्द्र, मुमा बडामहारानी रत्न, महाराजधिराज वीरेन्द, बडामहारानी ऐश्वर्य र महाराजधिराज ज्ञानेन्द्र, अधिराजकुमारी हेलेन, शाहज्यादी जयन्तीका पालामा भएको समाजसेवा र वहाँहरुको देश प्रतिको लगावलाई कुनै शब्दले व्याख्या गर्न नसक्ने बताइन् ।

सोही कार्यक्रममा बोल्दै हिमानी कोषकी कोषाध्यक्ष शिताष्मा राज्य लक्ष्मीदेवी शाहले हिमानी कोषले देशका नागरिकलाई असजिलो परेका समयमा सधैँ तत्परताका साथ सहयोग गरेको र कोभिड १९ का कारण उत्पन्न महामारी विरुद्धपनि कोषले उत्तिकै सहयोग गरिरहेको र अझपनि भोक र रोगबाट ग्रसितहरुलाई आवश्यक खाद्यान्न र औषधी उपचारमा समेत सहयोग जारी राख्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले मकुना मृत्यु छानबिन गर्न बनायो समिति गठन

  काठमाडौँ । सरकारले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा भएको जङ्गली हात्ती

५४ लाख रुपैयाँ धरौटी बुझाएर रवि लामिछाने रिहा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला अदालतले मागेको धरौटी

आयव्ययको अनुमान घटाइयो, सुरु विनियोजनको ९१ प्रतिशत मात्र खर्च हुने अनुमान

काठमाडौँ। सरकारले चालू आर्थिक वर्ष २०८१/८२ को बजेटको अर्धवार्षिक समीक्षामार्फत आय व्ययको अनुमान

कांग्रेसले भन्यो-आर्थिक विकासलाई द्रुत गतिमा अगाडि बढाउन अध्यादेश

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले निजी क्षेत्र लगानीको इन्जिन भएको