कोरोना कहरमा महर्जनको चराचुरुङ्गीप्रतिको माया



कोरोना भाइरसको सम्भावित जोखिम कम गर्न देशभर लागू गरिएको लकडाउनले मानव जीवन त प्रत्यक्ष प्रभावमा पर्यो, पर्यो, त्यसको थप प्रभावले प्रत्यक्ष मारमा परे, प्रकृतिमा नै आश्रित चराचर जगतका जनावर, पशुपंछी आदि । मान्छे त स्वभावैले बाठो र स्वार्थी जात हुदो रहेछ, संकटका बेला पहिले आफू, आफ्नो परिवार र आफन्तको सुरक्षामा केन्द्रीत भयो, नेपालदेखि विश्वभर नै । किन भने बन्दाबन्दीको अनुशासित वर्गमा मान्छे जाति अघि देखा पर्यो ।

कोरोना संकटको बेलामा पनि चराचर जगतका सबैखाले प्राणीहरुको रक्षाका लागि संसारभरका थोरै औंलामा गन्न सकिने मान्छेहरु चाहि अगाडि बढे । नेपालमा, त्यसमा पनि राजधानीको वसन्तपुर क्षेत्रमा रैथाने परेवा लगायतका चराचुरुंगीका लागि बन्दाबन्दीका बेला पनि आहारा, चारो पानी लिएर दैनिक सेवामा जुट्ने एक खासा चराचुरुंगीप्रेमी नायकका रुपमा देखा परे, जय शम्भो जय राष्ट्रवादका अभियन्ता राजन महर्जन ।
हजुर राजन महर्जन, वसन्तपुरका रैथाने वासिन्दा । राजा ल्याउँ, देश वचाउँ भन्ने अभियानका सुरवीर, अगुवा । संकटले सबै घरघरमा बन्द भएका बेला उनले निरन्तर एक महिनादेखि लगातार वसन्तपुर क्षेत्र मन्दिर परिसरमा रहेका असंख्य पेरवा लगायतका चारचुरुंगी, कुकुर आदिलाई नियमित आहारा, चारो पानी उपलव्ध गराईरहे । प्रकृति पूजक बनेर देखा परे ।

संकटका बेला बोल्न नसक्ने चराचुरुंगी र जनावरको सेवामा स्वतःस्र्फूत लागि परेका राजन मर्हजनले प्राणी सेवा नै धर्म हो । समस्त प्राणीलाई पनि मानव जीवनलाई जस्तै रक्षा र सुरक्षाको खाँचो छ भनेर कुनै भाषण गरेन्न, बरु चारो पानी दिई रहे । एक दिन, दुई दिन मात्रै होईन, महिनाभर, लगातार, लगातार । यसले उनीभित्रको प्रकृति पूजा, प्राणी जगतप्रतिको प्रेम र उदारतालाई अदभूत रुपमा प्रकट गरेको छ ।

 

 

यो अनपेक्षित भाईरस प्रकोपको मुखमा पनि प्राणी जगतको जीवन रक्षाका लागि जो जहाँबाट सक्रिय रुपमा लागि रहे, शायद ती सबै पात्रहरु ईश्वरका अर्का रुप हुन्, जो संकटमा लुकेर आफू मात्रै बाँच्नुमा होईन, चराचुरंगी र समग्र प्राणी जगत मात्रैको रक्षाका लागि अहोरात्र खटिरहे ।
जय शम्भो जय राष्ट्रवाद भन्दै मातृभुमि नेपालको रक्षा गर्न राजासहितको हिन्दू राज्यका लागि दशक बढीदेखि सडकमा शसक्त रुपमा लड्दैभिड्दै आएका राजन महर्जनको प्रयाश संकटका बेलामा उदाहरणीय र अकुरणीय देखिएको छ । उनको यो सत्कर्म अरु बिस्तारित र सफल हुदै जान सकोस । साधुवाद उनै चराचर जगतका सम्पूर्ण प्राणीका अनवरत सेवकलाई । उनकै शव्दमा, फेरि एकपट्क जय शम्भो, जय राष्ट्रवाद ।
हेर्नुहोस् तस्वीर र दृश्यमा राजन महर्जनको चराचुरुंगी प्रेम र सेवाभावको दृश्य जस्ताको त्यस्तैः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित

गोदावरी (कैलाली) । धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा निर्माण

मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर

पाँचथर । सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का तीन सय

बाजुराको खापरमा आगलागी, तीन घर नष्ट

बाजुरा । बाजुराको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन

डडेल्धुरामा टिपर दुर्घटना हुँदा धादिङका दुई जनाको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा गएराति टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।