सीमामा गस्ती गर्न पूर्वसांसद साहले दिए सुरक्षाकर्मीलाई २० थान साइकल



सर्लाही । कोरोना भाइरस संक्रमण रोक्न सीमामा कडा सुरक्षा हुनुपर्ने भन्दै संविधानसभाका पूर्वसदस्य नरेन्द्र साहले सर्लाहीका सशस्त्र प्रहरीलाई आइतबार २० थान साइकल प्रदान गरेका छन् ।

नेपाल र भारतमा लकडाउन भए पनि सर्लाही खण्डमा ५० किलोमिटर खुला सीमा भएकाले सशस्त्र प्रहरीलाई गस्ती गर्न सजिलो होस भनेरसाइकल दिएको साहले बताए ।

‘यो संकटका बेला सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने खाँचो छ,’ उनले भने, ‘अहिले कोरोना रोकथामका लागि अग्रभागमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत सबैलाई सकेको सहयोग गर्नु हरेक नेपालीको दायित्व हो ।’ उनले खुला सीमा भएको ठाउँमा साइकल गस्ती प्रभावकारी हुने बताए ।

२० थान साइकल सशस्त्र प्रहरी बलको सर्लाहीस्थित १० नम्बर गणमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीलाई हस्तान्तरण गरिरएको थियो । कोरोना संक्रमण फैलिएयत उनले सर्लाहीका २० स्थानीय तहका लागि २० हजार थान मास्क र केही सेनिटाइजर वितरण गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी जिसीले आवश्यकताअनुसार पाएको सहयोगले प्रहरी प्रशासनलाई जिम्मेवारी निर्वाह गर्न मद्दत पुगेको बताए । ‘यो सहयोगले सुरक्षाकर्मीको हौसला बढाएको छ,’ उनले भने, ‘आगामी दिनमा पनि यस्ता सहयोगको अपेक्षा राखेका छौं ।’

सामाजिक काममा सकृय पूर्वसांसद साहले गृह जिल्लामा विभिन्न सहयोग गर्दै आएकका छन् । यसअघि पनि सुरक्षाकर्मीलाई गस्ती गर्न साइरन जडित साइकल वितरण गरेका थिए । त्यसैगरी जिल्लाका विभिन्न स्थानमा उनले सिसिक्यामेर जडान गरिदिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मझगाउँ विमानस्थलको निर्माण कार्य तत्काल अगाडी बढाउने सहमति

काठमाडौँ । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निर्माणको अवरुद्ध निर्माण तत्काल अघि बढ्ने सहमति

बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

  तनहुँ । तनहुँ जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो तीन

डिभाइडरमा ठोक्किएर मोटरसाइकल दुर्घटना, चालक त्रिशूलीमा बेपत्ता

मुग्लिन । चितवनको कालीखोलामा मोटरसाइकल दुर्घटना हुँदा चालक त्रिशूलीमा खसेका छन् । इच्छाकामना

रानीमहल पुग्दै प्रेमिल जोडी

पाल्पा । आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस नेपालसहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट