डडेल्धुराको महाभारत क्षेत्रमा भेटियो पाटे बाघ



काठमाडौं । दुई हजार ५०० मिटरको उचाईमा डडेल्धुराको महाभारत क्षेत्रमा पाटे बाघ भेटिएको छ । नेपालमा यो उचाईमा पहिलो पटक पाटे बाघ भेट्टिएको डिभिजनल वन कार्यालय डढेलधुराका डिभिजन वन अधिकृत विष्णु आचार्यले जानकारी दिए । तराई र उष्णप्रदेशीय हावापानीमा मात्र पाइने पाटे बाघ यो उचाईमा पाइएको नेपालको वन क्षेत्रको इतिहासमा पहिलो पटक भएको आचार्यले बताए। यसअघि भुटानको थ्रुम्शिङ्ला राष्ट्रिय निकुञ्जमा दुई हजार ७६५ मिटर उचाईमा पाटे बाघको क्यामरा ट्रयाप भएको थियो।

तराई भूपरिधि कार्यक्रम, विश्व वन्यजन्तु कोष नेपालको आर्थिक एवं प्राबिधिक सहयोग र डिभिजन वन कार्यालय डडेल्धुराको संयुक्त आयोजनामा गत ६ मार्चदेखि ६ अप्रिलसम्म महाभारत वन क्षेत्रको वन्यजन्तुको अध्ययन गरेर त्यहाँ पाटे बाघको उपस्थितिलाई यकिन गर्ने उद्देश्यले ३२ जोडी क्यामेरा राखिएका थिए ।

हाल उक्त ३२ जोडी मध्ये १ स्थानमा पाटे बाघको तस्वीर ट्रयाप भएको हो । “भेटिएको बाघ आगन्तुक हो वा स्थायी हो, यसका लागि अध्ययन गर्नुपर्दछ”, आचार्यले भने, “स्थानीयले बाघ हिंडेको बताएका थिए, तर रेकर्ड भएको थिएन । अहिले उच्च स्थानमा पनि पाटे बाघ भेटिएको प्रमाण प्राप्त भयो ।”

डढेलधुरा नेपालकै सबैभन्दा बढी वन क्षेत्र भएको जिल्ला हो । करिव एक लाख १५ हजार हेक्टर वन क्षेत्र डढेलधुरामा पर्छ। विश्वमै दुलर्भ मानिएको पाटेबाघको संख्या नेपालमा २३५ छ ।

सन २०१८ को गणना अनुसार चितवन राष्ट्रिय निकुञ्ज ९३, बर्दिया राष्ट्रिय निकुञ्ज ८७, बाँके राष्ट्रिय निकुञ्ज २१, पर्सा राष्ट्रिय निकुञ्ज १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका थिए ।

 

फोटोः विष्णुप्रसाद आचार्यको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सप्तरीमा बलात्कारका फरार अभियुक्त १४ वर्षपछि पक्राउ

सप्तरी दश वर्षीया बालिकालाई सामूहिक बलात्कार गरी १४ वर्षपछि फरार रहेका एक अभियुक्तलाई

महोत्तरीको सम्सी गाउँपालिकामा सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती

महोत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा गएराति डाकाहरुको एक समूहले सुनचाँदी पसलेलाई गोली

भक्तपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ

बलात्कार गरी छोरीको हत्या गरेको आरोपमा बाबु पक्राउ

धनगढी । कैलालीमा आफ्नै छोरीलाई करणी गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले