नेपाल बौद्ध धर्म परिचय समाजद्वारा बिपन्न परिवारलाई खाद्य सामग्री वितरण



काठमाडौं । नेपाल बौद्ध धर्म परिचय समाजले काठमाडाौंका विभिन्न स्थानमा दैनिक ज्याला मजदुरी गर्ने बिपन्न परिवार र गलैंचा बुनेर दैनिक गुजारा चलाउने परिवारलाई खाद्य सामग्री वितरण गरेको छ ।

कोरोना भाइरसको महामारी रोकथामको लागि नेपाल सरकारले अंगिकार गरेको लकडाउनका कारण ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरु समस्यामा पर्न गई दैनिक खाना खान समेत मुस्किल परेको यस बिषम् परिस्थितिमा समाजले बिपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेको हो ।

बन्दले काम गर्न नपाएका परिवारलाई नेपाल सरकारले स्थानीय सरकारको समन्वयमा राहत उपलब्ध गराउने भनिएपनि सम्बिन्धित पीडितसामु राहत नपुगेको पाइएको छ । यसै अनुसार सोमबार नेपाल बौद्ध धर्म परिचय समाजले नयाँ बस्ती, जनएकता चोक, कुमारीगाल, नारायणटार आनन्द गणेश टोल, आरुबारी, रामहिटी लगायतका विभिन्न स्थानहरुमा बसोबास गरिरहेका १२० घर परिवारलाई खाद्य सामग्री वितरण गरेको हो ।

उपलब्ध गराइएको सामग्रीहरुमा चामल, दाल ,नुन र तेल रहेका छन् । खाद्य सामग्री वितरण कार्यक्रममा नेपाल बौद्ध धर्म समाजका उपाध्यक्ष धर्मगुरु टुल्कु ज्याम्याङ रिन्पोछे , समाजका महासचिव आचार्य थुप्तेन घिसिङ तामाङ र समाजका सदस्य तथा समाजसेवी कोसिस लोब्साङ वाइबाको उपस्थिति रहेको थियो ।

कोरोना महामारीले गर्दा कोही पनि परिवार भोकभोकै बस्न नपरोस् भन्ने उद्देश्यकासाथ दैनिक ज्यालादारी गरी जीवन गुजारा गर्ने असहाय, गरिब परिवारहरूलाई खाद्य सामग्री वितरण गरिएको समाजसेवी कोसिस लोब्साङ वाइबाले बताए । उक्त समूहले कुनै विपत्ति, अप्ठेरो, महामारी पर्ने बित्तिकै त्यस्ता दैनिक रूपमा जीवन चलाउन अप्ठेरो हुने वर्गहरूलाई सधैं सहयोग गर्दै आइरहेको र भविष्यमा पनि गरिरहने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव फेला

  कैलाली ।  चार दिनअघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता

अख्तियारद्वारा एमडीएमएस खरिद प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग

 पाँच वर्षमा सवारी दुर्घटनामा परी ११ हजार भन्दाबढीको मृत्यु

अच्युत रेग्मी, काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा

चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर

  तनहुँ । तनहुँको बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि