सहरलाई किटाणुमुक्त बनाउने काठमाडौं महानगरको अभियान, फोटोमा हेर्नुस्
काठमाडौं । सार्वजनिक स्थललाई किटाणुमुक्त बनाउन महानगरले कीटनाशक औषधि छर्किने कामलाई तीब्र बनाएको छ । यस क्रममा बिहीबार बिहान ३ वटा जेटले औषधि छर्केका छन् । तीनवटामध्ये एउटा बबरमहल, बानेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा खटिएको थियो भने अर्को जमल, लाजिम्पाट। पानीपोखरीहुँदै महाराजगञ्जक्षेत्रसम्म पुगेको थियो । अर्कोलाई बसन्तपुर आसपास क्षेत्रमा केन्द्रित गरिएको थियो ।
नगर प्रहरी महाशाखा प्रमुख नगर प्रहरी नायव उपरीक्षक धनपति सापकोटाका अनुसार बिहीबार दिउँसोबाट महानगरका उपकरणसहित निजी क्षेत्रले सञ्चालनमा ल्याएका ट्याङ्कर परिचालन गरिनेछन् । ४० हजार लिटर पानीमा १४० लिटर क्लोरिन राखेर सार्वजनिक स्थलमा छर्किने आजको योजना रहेको नायव उपरीक्षक सापकोटाको भनाइ छ ।
बाक्लो बस्ती भएका क्षेत्र, अत्यावश्यक सामाग्री लिन चहलपहल धेरै हुने र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर सकेसम्म सेवालाई सहरभरि पुर्याउने रणनीतिका आधारमा काम भइरहेको उनको भनाइ छ ।
बुधबार वीर अस्पताल, टेकु अस्पतालसहित भित्रि सहरका असन, इन्द्रचोकसँगै कालीमाटी तरकारी बजारलगायतका स्थानमा कीटनाशक औषधी छर्किएको थियो । यससँगै बु्रमरको प्रयोगले सडक सफा गर्ने र पानीले पखाल्ने काम पनि भइरहेको छ ।