लकडाउनमा महानगरपालिकाद्वारा सडकमा कीटनाशक औषधि छर्किन सुरु



काठमाडौं । काठमाडौँ महानगरपालिकाले लकडाउन अवधिमा अत्यावश्यक सेवालाई निरन्तर प्रवाह गरिरहेको छ । यस अन्तर्गत दक्ष जनशक्तिसहित (१०२) एम्बुलेन्स सेवा तयारी अवस्थामा राखेको छ भने ११८० हटलाइनमार्फत नागरिकका प्रश्नहरुको उत्तर दिएर समस्या समाधानमा सहयोग गरिरहेको छ । यससँगै कार्यालय तथा कार्यकक्षलाई इस्इन्फेक्सन गर्ने, सार्वजनिक स्थानहरुमा कीटनाशक औषधि छर्किने, पानीले पखाल्नेलगायत काम गरिरहेको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई नेपालमा फैलिन नदिन नेपाल सरकारले चैत्र ११ गतेदेखि एक साताका लागि ‘लकडाउन’ हुने गरी दिएको निर्देशनको पूर्ण पालना गर्दै महानगरपालिकाले सरसफाइको अत्यावश्यक सेवालाई निरन्तरता दिएको हो ।

सबै वडा कार्यालयबाट स्वास्थ्य सहायता कक्ष सञ्चालन गर्दै आएको महानगरपालिकाले आजबाट सडकमा पानी ट््याङ्की र ब्रुमरको प्रयोग बढाएर सरसफाइ गर्ने कामलाई तीव्रता दिएको प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिए । उनले‘लकडाउन’को समयमा महानगर क्षेत्र भित्र फोहोर थुप्रिने र सडक फोहोर हुने अवस्था आयो भने कोरोना भाइरसको संक्रमण अझ छिटो फैलिन सक्ने भएकाले त्यसको न्युनीकरण गर्न सरसफाइको कामलाई बढाइएको बताए ।

प्रमुख शाक्यले दैनिक उत्पादन हुने र घरमै व्यवस्थापन गर्न सकिने फोहोरलाई घर–घरमै व्यवस्थापन गरेर सहयोग गर्न महानगरबासीलाई आग्रह गर्दै नउठाइ नहुने फोहोर ‘लकडाउन’का समयमा पनि नियमित उठाउने प्रयास गरिएको बताए ।

‘लकडाउन अवधिमा कुनै पनि नगरवासीलाई केही समस्या आइपरे सहयोगका लागि जनप्रतिनिधिहरूलाई सीधा सम्पर्क गर्नमहानगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा सबै जनप्रतिनिधिहरूका फोन नम्बरहरू सार्वजनिक गरिसकेका छौं । कसैलाई केही समस्या परे ती फोनमा सम्पर्क गर्नोस् । प्रमुख शाक्यले भने, ‘काठमाडौँ महानगरपालिकाले कोरोना संक्रमणको आशंका भएमा तत्काल अस्पतालसम्म लैजाने व्यवस्थाका लागि महानगरपालिकाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा (१०२)लाई जनशक्ति र सामग्रीसहित तयारी अवस्थामा राखेको छ ।

महानगरले २४ सै घण्टा परामर्श दिने टोल फ्रि नम्बर ११८० सहित सिधा सम्पर्क हुन सक्ने नम्बरहरु ९८४९८६०५४७, ९८४९८५६६७१, ९८४९८५६६७२ पनि सञ्चालनमा ल्याएको छ ।

नगर प्रहरी महाशाखा प्रमुख नगर प्रहरी नायव उपरीक्षक धनपति सापकोटाकाअनुसार लकडाउन अवधिमा नागरिकले पूरा गर्नु पर्ने दायित्व, सुरक्षा, सतर्कता र संयमताका लागि महानगरलाई चार क्षेत्र बाँडेर माइकिङ्मार्फत सचेतना बढाउने काम थालेको छ । ‘आफू, आफ्ना प्रिय परिवार र आफ्नो टोल छिमेकलाई समेत कोरोना भाइरसको संक्रमणबाट बचाउन आफू आफ्नै घरमा बसेर महामारी विरुद्धको अभियानलाई सहभागी हुन महानगरले महानगरबासीमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया

फुङ्लिङ बजारबाट अब सात घण्टामै चीनको सीमावर्ती ओलाङचुङगोला पुग्न सकिने

फुङ्लिङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने

बाटो निर्माणमा अनियमितता गरेको भन्दै इन्जिनियरसहित सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय