नौ लाख ९९ हजार भारतीय रुपैयाँ सहित दुई भारतीय पक्राउ
काठमाडौं । प्रहरीले मकवानपुरको हेटौंडाबाट करिव दश लाख भारतीय रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बैरातपुर जिल्ला पैरोसवका ३१ वर्षीय विजय चौधरी र नहेटी जिल्ला ग्राम पञ्चायत माउतपुरका ३८ वर्षीय शंकर सरकार छन् ।
बुधबार बिहान पाँच बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५स्थित पूर्वपश्चिम सडक खण्डबाट प्रहरीले दुई जना भारतीय नागरिकलाई ९ लाख ९९ हजार रुपैयाँसहित पक्राउ गरेको हो । वीरगंज गइरहेको बोलेरो जिप जाँच गर्दा रकम बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।