धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु भएकाका परिवारलाई ३/३ लाख रुपैयाँ दिइने



जनकपुरधाम । विषाक्त मदिरा सेवनबाट धनुषाको क्षिरेश्वरनाथ नगरपालिका रमदैयाका मृतकका परिवारलाई प्रदेश सरकारले ३/३ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

सोमबार विहान रमदैया पुगेका मुख्यमन्त्री लालबाबु राउतले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै प्रतिमृतक ३/३ लाख राहत रकम उपलब्ध गराउने घोषणा गरेका हुन् ।

विषाक्त मदिरा विक्री वितरण तथा उत्पादन गर्ने जो कोहीलाई पनि कानूनको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गर्दै मुख्यमन्त्री राउतले घटनामा संलग्नहरुको खोजी कार्य जारी रहेको बताए । उनले प्रदेश सरकार चाडै प्रदेशलाई खुला मदिरा मुक्त घोषणा गर्ने तयारीमा रहेको समेत बताए । विषाक्त मदिरा सेवनबाट धनुषामा १७ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नौ महिनाको अवधिमा चितवन प्रहरीमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको

सात कोरियाली आरोहीले जुगल हिमाल आरोहण गर्ने

  सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि

स्नातक छोरीबुहारीलाई सूर्योदय नगरपालिकामा सय दिनको रोजगारी

इलाम । इलामको सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले