बलात्कार मुद्दामा अखिल नेता राईलाई साढे आठ वर्ष जेल सजाय



काठमाडौं । बलात्कार मुद्दामा अनेरास्ववियुका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई साढे ८ वर्ष कैद सजायको फैसला भएको छ । जिल्ला अदालत काठमाडौंले राईविरुद्ध दायर मुद्दामा यस्तो फैसला गरेको हो ।

त्यस्तै, राईबाट पीडितलाई क्षतिपूर्तिबापत एक लाख पचास हजार रुपैयाँ भराउने आदेश भएको अदालतमा स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिएका छन् । आरआर क्यम्पसका तत्कालीन स्ववियु सहसचिव समेत रहेका राईले गत कात्तिकमा बौद्ध माकलबारीस्थित आफन्तको घरमा लगेर युवतीमाथि बलात्कार गरेको अभियोग लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थप ८४३ जनामा कोरोना संक्रमण, २२६ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा शनिबार थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वसन्त याममा हिमाल आरोहणका लागि ७१ आरोही समूहलाई अनुमति, ४५ करोडभन्दा बढी रोयल्टी सङ्कलन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले हालसम्म वसन्त यामको

बैतडीमा हथौडा प्रहार गरी मामाद्वारा भाञ्जाको हत्या

बैतडी । हतौडा प्रहार गरी बैतडीमा शनिबार एक बालकको हत्या गरिएको छ ।

जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारीविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय