ट्र्याक्टर दुर्घटनामा परी तनहुँमा दुई जनाको मृत्यु



दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–५ कोरिखामा बुधबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिकास्थित बाहुनभञ्ज्याङबाट याम्पातर्फ आउँदै गरेको ग१त ४८०८ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु हुनेमा ट्र्याक्टर चालक गोरखा पालुङटार नगरपालिका–७ च्याङ्लीका २२ वर्षीय प्रेम कुमाल र सहचालक बन्दीपुर गाउँपालिका–४ नयाँपुलका २२ वर्षीय राजकुमार परियार छन्। सडकबाट १५० मिटर तल ट्र्याक्टर खस्दा चालकको घटनास्थलमै र सहचालकको स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले मकुना मृत्यु छानबिन गर्न बनायो समिति गठन

  काठमाडौँ । सरकारले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा भएको जङ्गली हात्ती

५४ लाख रुपैयाँ धरौटी बुझाएर रवि लामिछाने रिहा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला अदालतले मागेको धरौटी

आयव्ययको अनुमान घटाइयो, सुरु विनियोजनको ९१ प्रतिशत मात्र खर्च हुने अनुमान

काठमाडौँ। सरकारले चालू आर्थिक वर्ष २०८१/८२ को बजेटको अर्धवार्षिक समीक्षामार्फत आय व्ययको अनुमान

कांग्रेसले भन्यो-आर्थिक विकासलाई द्रुत गतिमा अगाडि बढाउन अध्यादेश

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले निजी क्षेत्र लगानीको इन्जिन भएको