सामूहिक बलात्कार कसूरमा चार जनालाई १० वर्ष कैद सजाय



राजविराज । जिल्ला अदालत सप्तरीले १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको कसूरमा चार युवकलाई जनही १० वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले शम्भुनाथ नगरपालिका–३ का २० वर्षीय एटलाण्टिक चौधरी, अजयकुमार चौधरी, अर्जुनकुमार साह र २२ वर्षीय मनोजकुमार साहलाई यस्तो सजाय फैसला गरेको हो ।

फरार रहेका आरोपितहरु शम्भुनाथ नगरपालिका–३ का २० वर्षीय बबी चौधरी, १९ वर्षीय मिथिलेशकुमार साह र थेपा भनिने ओमप्रकाश पालको मुद्दा मुल्तबीमा राखिएको छ ।

पीडित युवतीकी आमाले जिल्ला प्रहरी कार्यालयमा विसं २०७४ फागुन २८ गते उजुरी दिएकी थिइन् । सामूहिक बलात्कारको आरोपमा एटलाण्टिक र अजय घटनालगत्तै पक्राउ परेका थिए भने मनोज र अर्जुन २०७४ चैत २६ गते वारेण्ट जारी भएपछि अदालतमा हाजिर भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वर्तमान संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकारबारे कहीँकतै उल्लेख छैनः भीमार्जुन आचार्य

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका

संसद विघटनको मुद्दामा संवैधानिक इजलासमा बहस सुरु

काठमाडौँ । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ

कोरोना संक्रमणबाट वेलायत र दक्षिण अफ्रिकामा गरी थप दुई नेपालीको मृत्यु

लण्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप २ जना नेपालीको

नेपाली पर्वतारोहीको केटु हिमाल आरोहण यात्रा(फोटोफिचर)

काठमाडौं । दश नेपाली पर्वतारोहीको एक टोलीले नयाँ विश्व कीर्तिमान कायम गर्दै हिउँदमा