पत्रकार वीरेन्द्र साहका हत्या आरोपी कुन्दन फौजदार पक्राउ



बारा । पत्रकार वीरेन्द्र साहका हत्या आरोपी कुन्दन फौजदारलाई प्रहरीले पक्राउ गरेको छ । १२ वर्षदेखि फरार रहेका बारागढी गाउँपालिका वडा नम्बर ६ का फौजदारलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो ।

फौजदारलाई पक्राउ गर्ने क्रममा प्रहरीले ४ राउन्ड हवाई फायरसमेत गरेको थियो । एभिन्यूज टेलिभिजनमा कार्यरत साहलाई २०६४ असोज १८ गते पिपरा बजारबाट अपहरण गरी तत्कालीन नेकपा (माओवादी)ले टाँगिया बस्ती जंगलमा लगेर हत्या गरेको थियो । हत्यारामध्येका दुई जना फरार छन् । फौजदारसम्बन्धी मुद्दा मुलतवीमा रहेकोले उनलाई अदालतमा बुझाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ । गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक वर्षमा सात

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा

इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेटः रिहाइको पहल गरिदिन आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट