बलात्कार आरोपी सिद्धबाबा कारागार चलान



सुनसरी । बलात्कार मुद्दामा उच्च अदालत बिराटनगरबाट थुनामा राख्न आदेश दिएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी सुनसरीको झुम्का कारागार चलान भएका छन् । गत माघ ९ गते उच्च अदालत विराटनगरमा बहस चलिरहेकै बेला भारत पसेका उनी मंगलबार जिल्ला अदालत सुनसरीमा हाजिर भएपछि झुम्का कारागार पठाइएको हो ।

आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोपमा उच्च अदालत बिराटनगरले सुनुवाइ गर्ने दिन उनी जोगबनी नाका हुँदै भारत प्रवेश गरेका थिए । धरौटीमा छाड्ने जिल्ला अदालत सुनसरीको आदेशलाई बदर गर्दै उच्च अदालतले थुनामा राखेर अनुसन्धान गर्न आदेश गरेको थियो । सिद्धबाबालाई जिल्ला अदालत सुनसरीले पुसमा धरौटीमा छोड्न आदेश दिएको थियो ।

दुई दिनसम्म चलेको थुनछेक बहसपछि न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले गिरीलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको थियो। तर उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले गिरीलाई धरौटीमा छाड्ने आदेश बदर गरी थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो ।

आदेश विरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा निवेदन दिएका थिए । सिद्धबाबाले पनि साधारण तारेखमा मुद्दाको पुर्पक्ष माग गर्दै निवेदन दिएका थिए। उच्च अदालतको आदेश आउने दिन नै फरार भएका उनी १ महिना पछि पुनः जिल्ला अदालत सुनसरीम हाजिर भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेशिएका श्रमिकको हितका लागि सरकारले थप कार्यक्रम ल्याउँछः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको हितका

एनआरएनएका अग्रजहरुले समस्याको निकास निकाली विधिपूर्वक प्रक्रियामा लैजानुपर्छः राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) मा हाल देखापरेको विवाद समाधानका

‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’

काठमाडौं । नेपाली रैथाने गाई संरक्षणका लागि पञ्चगव्यमा आधारित औषधिजन्य प्राकृतिक उत्पादन गर्न

एनआरएनए एकता महाधिवेशन वैशाख २० देखि

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एकता महाधिवेशन काठमाडौँमा हुने भएको छ