अब बिहान आठ बजेभित्र मुख्य सडकको फोहर उठाइसक्नुपर्ने



काठमाडौं । फोहर सङ्कलन र ढुवानीका लागि काम गर्ने निजी कम्पनीका सदस्यहरुले स्वनियम पालनासम्बन्धी ‘कार्यसञ्चालन, अनुगमन तथा मूल्याङ्कनसम्बन्धी निर्देशिका–२०७६’ सार्वजनिक गरेका छन् । फोहरमैला व्यवस्थापन सङ्घले सोमबार आयोजना गरेको ‘कार्य एकरूपता, अनुगमन तथा मूल्याङ्कनसम्बन्धी मापदण्ड सार्वजनिकीकरण र अभिमुखीकरण कार्यक्रम’मा काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले यस व्यवस्थासम्बन्धी पुस्तिका सार्वजनिक गरेका हुन् ।

पुस्तकमा कामदारको पोशाक, सुरक्षा सामग्री, फोहरमैला सङ्कलन गर्ने समयतालिका, कार्यपद्धति, सेवाशुल्क, सेवाग्राहीसँग गरिने व्यवहारलगायत व्यवस्था राखिएका छन् । त्यस्तै कर्मचारीको आचरण तथा अन्य मापदण्ड, ल्यान्डफिलसाइटसम्म फोहरमैला ढुवानी तथा व्यवस्थापन गर्दा अपनाउनुपर्ने न्यूनतम मापदण्डको परिपालनाजस्ता विषय समेटिएका छन् । कार्यक्रममा कामपाका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले स्वनियम लागू गराएर आफूलाई अनुशासित बनाउन खोज्नु सराहनीय काम भएको उल्लेख गरे ।

फोहरमैला सङ्कलन र व्यवस्थापनका लागि हरेक सङ्घसंस्थाले स्रोतमा फोहर छुट्याउने, छुट्टिएको फोहरमध्ये जैविक फोहरलाई हप्ताको दुईपटक र अजैविक फोहरलाई एकपटक उठाउने, सङ्कलित फोहरलाई छोपेर मात्र प्रशोधन केन्द्र वा ल्यान्डफिलसाइटमा पु¥याउने, समुदायलाई फोहर व्यवस्थापनमा जागरुक गराउन, माइकिङ तथा तालिम गोष्ठी सञ्चालन गर्नुपर्ने, सरसफाइ नमूना क्षेत्र बनाउने, फोहरमुक्त क्षेत्र घोषणा गर्नेलगायतका काम परिच्छेदमा व्यवस्था गरिएको छ ।

फोहर सङ्कलन गर्ने गरेको क्षेत्रमा पर्ने सडक, उद्यानजस्ता सार्वजनिकस्थलमा हप्ताको एकपटक अनिवार्य झाडु लगाउनुपर्ने, फोहरको परिमाण र ढुवानी गर्नुपर्ने दूरीका आधारमा स्थानीय तहसँगको समन्वयमा शुल्क निर्धारण गर्नुपर्ने, सफाइमा काम गर्नेको एउटै प्रकारको पोशाक हुनुपर्ने, सुरक्षा उपकरण प्रयोग गर्नुपर्ने, सवारीको बीमा गर्नुपर्ने, सवारी चालक अनुमतिपत्र भएका चालकले मात्र सवारी चलाउनुपर्नेजस्ता व्यवस्था पनि निर्देशिकामा समेटिएका छन् ।

हिउँदको समयमा बिहान ६ बजेदेखि र बर्खाको समयमा बिहान ५ बजेदेखि सफाइ शुरु गरेर मुख्य सडकमा बिहान ८ बजेभित्र र भित्री सडकमा दिउँसो २ बजेभित्र फोहर सङ्कलनको काम सक्ने व्यवस्था गरिएको छ । उता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भने बिहान साढे ८ बजेभित्र फोहर सङ्कलनसम्बन्धी सबै काम सक्नुपर्छ भनेको छ । यसमा निजी क्षेत्रमा आबद्ध भएर फोहरको काम गर्ने कर्मचारीको तलबसुविधा, औषधोउपचार, बीमा सुविधा, सेवाअवधि, सुरक्षा पोशाकजस्ता विषय व्यवस्था गरिएको छ । अनुसूचीमा फोहर उत्पादकहरुबाट लिइने शुल्कसम्बन्धी व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हुम्लामा लडेर प्रहरी हवल्दारको मृत्यु

हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट

लघुकथा:जुत्ताको मोल

प्रभादेवी पौडेल । -“अहँ भिनाजु पचास हजार नभई त हामी मान्दै मान्दैनौं।” -“हो

अपाङ्गताका लागि सास्ती भए स्थानीय सरकार

जनताको घरदैलोको सरकार भनिने स्थानीय तहहरू अपाङ्गता भएका नागरिकका लागि सहयोगी होइन सास्ती

दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

कञ्चनपुर । गएराति मोटरसाइकल एकआपसमा ठोक्किँदा कञ्चनपुरको कृष्णपुरमा दुई जनाको मृत्यु भएको छ