बनेपामा अवैध यौनधन्दा सञ्चालन गर्ने होटल सञ्चालक पक्राउ



बनेपा । बनेपाका विभिन्न स्थानमा अवैधरूपमा यौनधन्दा सञ्चालन गर्ने दुई होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । बनेपा नगरपालिका वडा नं ७ र ८ मा होटल तथा खाजाघर सञ्चालन गरी भित्र यौनधन्दा सञ्चालन गर्दै आएको उजुरीका आधारमा प्रहरीले छापा मार्ने क्रममा सो क्रियाकलाप भएको पाएपछि होटल सञ्चालकलाई पक्राउ गरी आवश्यक कारवाही अघि बढाइएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा बनेपा नगरपालिका–८ विद्युत् प्राधिकरणचोकस्थित होटल त्रिशूली खाजाघरका सञ्चालक नरेश तिमिल्सिना र वडा नं ७ गोदामचोकस्थित होटल सगरमाथा एन्ड गेष्टहाउसका सञ्चालक राजु भन्ने राजीव मानन्धर रहेका छन् । मेलम्ची नरपालिका–७ घर भई हाल बनेपा–८ मा बस्दै आएका तिमिल्सिनाले सञ्चालन गरेको होटलमा केटीसमेत राखेर अवैध यौनधन्दा गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मार्दा होटल सञ्चालकसहित अन्य एक महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै अवैध यौनधन्दा सञ्चालन गरेको आरोपमा होटल सगरमाथा एन्ड गेष्टहाउसका सञ्चालक मानन्धरसहित अन्य दुई महिलालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । मानन्धरसँगै साझेदारीमा रहेको बनेपा नगरपालिका–१२ घर भएका चाँदनी भन्ने मनमाया तामाङ भने फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले त्यस्तो धन्दामा संलग्न होटल करिब २० जति रहेको र ती होटललाई निगरानी गरिरहेको जनाएको छ । बजार क्षेत्रमा केटी जम्मा गर्दै अवैध यौनधन्दा सञ्चालन गरेको पाइएपछि प्रहरीले अनुसन्धानकार्यलाई तीव्र पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा