क्यान्सर उपचारको लागि जापानबाट लक्ष्मीथापाको आर्थिक सहयोग



ललितपुर । गालाको क्यान्सर भएर अनुहार नै चिन्न नसक्ने भएका महोत्तरीका ४० वर्षीय क्यान्सर रोगी अलिम कवाडीको उपचारको लागि हाल तोयोहाशी, जापान निवासी भक्तपुरको चाँगुनारायण नगरपालिका, छायाँवस्तीकी लक्ष्मी थापामगरले २१ हजार रुपैया आर्थिक सहयोग गरेकी छिन् ।

पत्रकार बलराम प्यासीको पहलमा समाजसेवी थापामगरबाट प्राप्त भएको सो रकम पत्रकार प्यासीले नेपाल क्यान्सर सहयोग समूहकी संयोजक एवम् नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरकी निर्देशक स्वरुपा श्रेष्ठलाई हस्तान्तरण गरे । निर्देशक श्रेष्ठको अगुवाईमा अस्पतालमा विपन्न क्यान्सर रोगीहरुको उपचार हुँदै आएको छ ।

उनको यही फागुन २१ गते बुधबार अस्पतालको हेड एण्ड नेक क्यान्सर विशेषज्ञ एवम् शल्यचिकित्सक डा.प्रभात ठाकुर सहितको विशेषज्ञ समूहले शल्यक्रिया गर्ने तयारी गरेको अस्पतालले जनाएको छ । यसअघि सो टोलीले २२ वर्षीया ज्योति राईको मुखको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको थियो ।

क्यान्सर रोगी कवाडीको उपचारको लागि नेपाल क्यान्सर सयोग समूह, उपचारका लागि सहयोगी हातहरु र रोटरी क्लव अफ यलले पनि आवश्यक पर्ने सहयोग रकम जुटाउँदै छ भने नेपाल क्यान्सर अस्पतालले उनको निःशुल्क शल्यक्रिया गरिदिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तस्बिरमा मुस्ताङको मार्चे लेक

धौलागिरी हिमालको फेदीमा रहेको मुस्ताङको थासाङ गाउँपालिकास्थित मार्चे लेक । चौँरी, गाईभैँसी, भेडाबाख्राको

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

अवैध रूपमा भिओआइपी सञ्चालन गर्ने दुई पक्राउ

काठमाडौँ । अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गरेको अभियोगमा काठमाडौँबाट