होला त यी प्रहरीमाथि कारबाही ?



काठमाडौं । काखमा बच्चा बोकेकी महिलालाई लाठी हान्ने प्रहरी प्रभाग भैंसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि छानविन गर्न एसपी दुर्गा सिंहको नेतृत्वमा समिति गठन भएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयको निर्देशनपछि घटनाको सत्यतथ्य छानविन गर्न ललितपुर प्रहरी परिसरकी एसपी सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो ।

घटनाबारे प्रहरीले अनुसन्धान पनि सुरू गरिसकेको जनाएको छ । बिहीबार ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरअगाडि प्रहरी निरीक्षक पौडेलले काखमा बच्चा बोकेकी हेमा श्रेष्ठलाई लाठी प्रहार गरेका थिए ।

एकजना महिलालाई पछाडिबाट प्रहरीले लाठी हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । प्रहरी निरीक्षक पौडेलले काखमा बच्चा बोकेकी हेमा श्रेष्ठलाई प्रहरीको गाडीबाट धकेलेर पछाडिबाट लाठी हानेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई