कञ्चनपुरमा धारिलो हतियार प्रयोग गरी दम्पत्तिको हत्या



भीमदत्तनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका एक दम्पत्तिको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । घरभित्रै बिहीबार दिउँसो ५२ वर्षीय जयलाल भण्डारी र उहाँकी २२ वर्षीय श्रीमती धनादेवी भण्डारीको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलका अनुसार मृतक दुवैको शव अलगअलग कोठामा फेला परेको छ । धनादेवीको शव भान्सा कोठामा र जयलालको शव सयन कक्षमा फेला परेको उनले जानकारी दिए ।

जयलालको घाँटीमा र धनाको टाउकोमा चोट लागेको छ । शव शङ्कास्पद अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धानको कार्य अगाडि बढाएको छ । शव परीक्षणका लागि महाकाली अस्पताल लगिएको छ । क्यान्सरका कारण पहिलो श्रीमतीको मृत्यु भएपछि धनादेवीसँग जयलालले दोस्रो विवाह गरेका थिए । उनीहरुको छ महिनाकी छोरी रहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई