इतिल्हने सम्यक महादान पर्व



ललितपुर । पाटन दरवार क्षेत्रमा महादान पर्व मनाउदै छ । बुधबारदेखि टोल टोलबाट ठूल्ठूला बुद्ध मुर्तीलाई हिडेको शैलीमा ल्याउदै दरबार अगाडि ल्याई महादान पर्व मनाईदै छ ।
फागुन शुक्ल तृतीयाको दिन आयोजना हुने यो पर्व ‘दिपंकर पर्व’ नामले समेत प्रचलित छ । त्यहाँ विभिन्न सैलीका बुद्धको मुर्तीहरु राखिएको देखिएको छ । विषेशगरी नेवार समुदायका मानिसहरुले बढी संख्यामा पर्व मनाएको देखिन्थ्यो ।
बाजागाजासहित नचाइँदै ललितपुर महानगरको नागबहालमा ल्याइने दृष्य निकै मनमोहक देखिन्थ्यो । त्यो ठाउँमा बिभिन्न टोलमा साँच्चै नै बुद्ध हिडेको अनुभुति दिलाएको देखिन्थ्यो । यो पर्व पाँच बर्षको अन्तरालमा आउने गरेको स्थानीय महिला मिला शाक्यले बताउनु भयो ।
यो पर्व दुई दिन मनाउने चलन रहिआएको सुरजवीर बजाचार्यले  जानकारी दिनु भयो । उहाँले भन्नुभयो, “पर्वको तयारीको लागि शुरुमा रोटी बनाउने काम हुन्छ त्यो भईसकेको छ ।
नेवारी भाषामा (यौसी)अर्थात नेपालीमा लिंगो उठाउने चलन छ । आमन्त्रण गर्नु जाने चलन पनि छ । किन की, यो ठाउँमा ल्याउन दिवंगत बुद्ध,आर्य तारा लगायतका देवी देउतालाई आमन्त्रन गरेर दरवार अगाडि ल्याउने चलन रहिआएको छ ।
यो दिनमा देउताहरु विभिन्न ठाउ अर्थात विभिन्न बिहारबाट ल्याउने चलन रहिआएको बजाचार्यले बताउनुभयो । यो पर्बले दानभावना जागृत गराउने मध्यको महत्वपुर्ण पर्व हो” उहाँले भन्नुभयो । यो वर्ष आयोजना हुने इतिल्हने सम्यक महादान पर्वमा १४९ देवदेवता रहने उहाँले जानकारी दिनु भयो ।

शब्द तथा तस्वीर : शिव शंकर चौधरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाँचखालमा ‘विषादीरहित’ तरकारी सङ्कलन केन्द्र सञ्चालन

काभ्रे । काभ्रेको खाद्यान्न तथा तरकारीको भण्डारका रूपमा परिचित पाँचखाल नगरपालिकामा विषादीरहित तरकारी

लक्ष्यअघि नै पूरा भयो बेनी चक्रपथ सडक स्तरोन्नतिका लागि सञ्चालित योजना

म्याग्दी। सदरमुकाम बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारै किनारको चक्रपथ सडक स्तरोन्नतिका लागि

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

राँझा । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्तीमा मानव–वन्यजन्तु द्वन्द्व घटाउन बस्तीमा

आठ सय घरमा खानेपानीको पहुँच

भोजपुर। लोमाखोला खानेपानी आयोजनामार्फत भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकाका आठ सय घरमा ‘एक