सरकारी कागजात कीर्ते गर्ने चार जना पक्राउ



काठमाडौं । नेपाल प्रहरीले सरकारी कागजात कीत्र्ते गर्ने चारजनालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न सरकारी कार्यालयका कागजात कीत्र्ते गर्ने बाजुराका २८ वर्षीय रमेशबहादुर कटुवाल, २६ वर्षीय जनक कटुवाल, २८ वर्षीय प्रकाश कटुवाल र ललितपुरका ४० वर्षीय शिरबाबु महर्जनलाई आइतबार उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ परेका रमेश, प्रकाश र जनकले सरकारी कागजात ललितपुर महानगरपालिका–१९ लगनखेलमा रहेको शिरबाबुको एलपी छापाखानाबाट छाप्ने गरेको अनुसन्धानमा खुलेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीले पक्राउ परेकासँग नक्कली छाप, कम्युटर, पेनड्राइभ, डेन्डिल र प्रिन्ट स्ट्याम्प बरामद गरेको छ । पक्राउ परेकालाई सरकारी छाप कीत्र्ते मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युरोप, अमेरिका पुग्छ सिगानाको अकबरे खुर्सानी

गलकोट । पछिल्लो सयम रुचाइएको खुर्सानीको प्रजातीमध्यको एक अकबरे खुर्सानीको सिगानाका किसानहरुले व्यावसायीक

दसैँमा किन घुम्ने कर्णाली ?

प्रकाश अधिकारी, कर्णाली । दसैँतिहार मनाउन घरबाहिर भएका धमाधम फर्कँर्ने क्रम चलिरहेको छ।

मतदातालाई सूचनामा सम्पन्न बनाउँदै निर्वाचन आयोग

प्रकाश सिलवाल, काठमाडौँ । के तपाई मतदाता नामावलीमा आफ्नो नाम छ भन्नेमा ढुक्क

राष्ट्रपतिद्वारा नव कन्याको पूजा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गाको अवतारस्वरुप आज महानवमीको दिन नव कन्याको पूजा