सरोकारवाला संलग्न कन्सोटियम बनाएर ‘रिचार्ज काठमाडौं’ अभियान अघि बढाइने



काठमाडौं । काठमाडौं महानगरको जमिनमा पानी पुनःभरण गर्ने काठमाडौं महानगरको ‘रिचार्ज काठमाडौं’ अभियानलाई कन्सोटियम बनाएर अघि बढाउने प्रस्ताव अघि सारिएको छ । महानगरको अगुवाईमा पानीसँग सरोकार राख्ने सरकारी तथा गैरसरकारी संस्थालाई सहभागी कन्सोटियम बनाउने र त्यसै मार्फत अभियान चलाउँदा राम्रो हुन्छ । बिहीबार राजधानीमा महानगरको सहरी योजना आयोगले आयोजना गरेको ‘रिचार्ज काठमाडौं’ कार्यक्रममा आयोगका उपाध्यक्ष सरोज बस्नेतले यस्तो प्रस्ताव अघि सार्नुभएको हो ।

कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भनिन् — ‘पानी जमिनमुनि पठाउने अभियान महत्वपूर्ण छ । योजत्तिकै अर्को महत्वपूर्ण काम भनेको जमिनमुनिबाट अत्याधिक रुपमा भइरहेको पानीको दोहन रोक्नु पनि हो । यसका लागि जमिनमाथि बगेर जाने पानी जमिनमुनि पठाउने र पूर्वाधार बिकासका काम गर्दा पानी व्यवस्थापनलाई केन्द्रमा राख्ने काम गर्नुपर्छ ।’ यो अभियानका व्यक्ति व्यक्तिको भूमिका ठूलो हुन्छ ।’

कार्यपत्र प्रस्तुत गर्दै सहरी योजना आयोगका उपाध्यक्ष बस्नेतले, आगामी ३ बर्षमा परिणाम ल्याउन महानगरले करीब ३ करोड रुपैयाँ बिनियोजन गर्ने र यो रकममा सरोकारवालाको रकम मिसाएर एकीकृत कार्यक्रम गर्ने योजना रहेको बताए । कन्सोटियमले काठमाडौंमा आकाशे पानी संकलनको अवस्था, पूर्वाधार बिकास, खाली ठाउँको उपलब्धता, आवश्यक नीतिगत व्यवस्थामा सहजीकरण र पानी पुनभरण अभियान सञ्चालन गर्ने उपाध्यक्ष बस्नेतको भनाइ छ ।

अहिले सहरी व्यवस्थापनको योजनामा पानीको महत्व देखिएको थिएन । महानगरले अगुवाई गरेको छ । यो सकारात्मक कुरा हो, अन्तरक्रियामा पूर्वमन्त्री गणेश शाहले भने — पोखरी र पार्कको योजना र व्यवस्थापनलाई अन्तरसम्बन्धित बनाइनु पर्छ । अत्याधिक पानी खपत हुने अस्पताल, हाउजिङ्, होटल र हाइयर एजुकेशन इन्स्टिच्युटहरुले जमिनमुनिबाट निकालिरहेको पानी रोक्नु पर्छ । तिनै ठाउँमा पानी पुनभरण प्रणाली जडान गरिनुपर्छ ।’ सहरी योजना गर्दा पानीको महत्वलाई छोडेर काम गरियो, त्यसको परिणाम अहिले भोगिरहेका छौं, पूवमन्त्री शाहको भनाइ थियो ।

महानगरको वडा १५ मा रहेको पलेस्वाँ पुखु (भुइपोखरी) मा बार्षिक करीब ३ करोड २० लाख लिटर आकाशको पानी भण्डारण हुने गरेको छ । यसैबीच, काठमाडौं महानगरको वडा २६ स्थित आवास क्षेत्रको गोङ्गवु डबलीमा पानी पुनःभरण प्रणाली शुभारम्भ गरिएको छ । गोङ्गबु आवास क्षेत्र सुधार समितिको स्थानीय सहयोग र एकीकृत सहरी विकास केन्द्रको प्राविधिक सहयोगमा स्थापना गरिएको प्रणालीको बिहीबार महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले शुभारम्भ गरेका हुन् ।

यस क्षेत्र (क्याचमेन्ट) मा जम्मा भएको पानी क्याचफिटमा जम्मा हुन्छ । यसरी पानी जम्मा गर्न ३ वटा क्याचफिट बनाइएका छन् । त्यहाँबाट पानी पुनभरण इनार (रिचार्ज वेल) मा जान्छ । डवलीको खाली ठाउँमा २ वटा पुनभरण इनार बनाइएका छन् । दुईमध्येको एउटा २४ फिट गहिरो र ४२ इन्च गोलाइको छ भने अर्को १४ फिट गहिरो र ४२ इन्च गोलाइको छ । २४ फिट गहिरो इनारको तल्लो ५ फिटमा खोलाबाट ल्याइएको १०० एमएमसम्मका गिटी राखिएको छ । त्यसभन्दा माथि ३ फिटमा त्योभन्दा मसिना गिटी, त्यसको माथिल्लो ३ फिटमा खस्रो बालुवा र त्यसभन्दा माथि जिओ टेक्स्टाइल राखिएको छ ।

जमिनमा जम्मा भएको पानी यही इनारबाट छानिँदै जमिनमुनि जान्छ । डबलीसँगै रहेको नर्सरीमा पनि यस्तै प्रणाली जडान गरिएको छ । यहाँ भने एउटा क्याचफिट र एउटा पुनभरण इनार निर्माण गरिएको छ । यी दुवै ठाउँमा प्रणाली जडान गर्न करीब ५ लाख रुपैयाँ लागत लागेको वातावरण व्यवस्थापन बिभागकी इञ्जिनियर निशा कोइरालाले जानकारी दिइन् । इञ्जिनियर कोइरालाकाअनुसार यस प्रणालीबाट १ बर्षमा करीब ७ लाख ६७ हजार लिटर पानी पुनभरण हुने अपेक्षा गरिएको छ ।

गहिरा ट््युबेलबाट पानी निकालेर जीविका चलाउन थालेपछि काठमाडौंको जमिनमा पानीको मात्रा क्रमश घट्दै गएको बिभिन्न समयमा गरिएका पानीको सतह मापन अध्ययनले देखाएका छन् । यहीकारण सतहभन्दा पानी भेटिने गहिराई बढ्दै गएको छ । गएका बर्षहरुमा प्रतिमिनेट १ हजार लिटर पानी उत्पादन गर्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का ट््युबेलहरुमा अहिले प्रतिमिनेट ७०० लिटर पानी प्राप्त हुनुले पनि अवस्थालाई देखाउँछ । अर्कोतिर ढुङ्गेधारा र इनारमा पानी नआएको जनसाधारणका खुल्ला आँखाले देख्न सक्ने अबस्था छ ।

हिउँदमा पानीको चर्को समस्या खेप्ने काठमाडौंले बर्खायाममा भने डुबानको जोखिम व्यहोरिरहेको छ । काठमाडौं डुबानमा पर्नुको मुख्य कारण भनेकै पानी पुनभरणको व्यवस्था बिग्रिदै जानु हो । काठमाडौं महानगरको करीब ८३ प्रतिशत जमिन घर वा कुनै न कुनै प्रकारको संरचनाले ढाकेको अनुमान छ । यो ठाउँबाट पानी जमिनमुनि जान सक्दैन । यही कारण पानी अभावको समस्या र डुबानको समस्या भएको सहरी योजनाकारहरुले बताउँदै आएका छन् ।

सन् १९९० तिर जाइकाले गरेको अध्ययनले काठमाडौँ उपत्यकामा दैनिक डेढ करोड लिटरभन्दा बढी निकालिएमा भूमिगत पानीको सतह घट्न गई प्राकृतिक सन्तुलन बिग्रने खतरा देखाएको थियो । काठमाडौँ उपत्यकाको खानेपानीको वितरणको जिम्मा पाएको केयुकेलले २०० मिटर गहिरा करिब ८० वटा डीप बोरिङमार्फत मात्र दैनिक करिब आठ करोड लिटर पानी निकालिरहेको छ । यो उपत्यकाको वर्तमान पानीको पुनःभरण (रिचार्ज) को दुई गुणा बढी हो ।

निजी क्षेत्रले सञ्चालन गरेका खानेपानी सम्बन्धि उद्योगहरुले ठूला मेसिन तथा गहिरो ट््युबबेल प्रयोग गरेर पानीको दोहन गरिरहेका छन् । आधिकारिक तथ्याङ्क नभएपनि उपत्यकामा करीब ७५० वटा भन्दा बढी कम्पनीले भूमिगत पानी निकालिरहेको अनुमान छ । जसमध्ये अनुमति प्राप्त करिब २०० वटा डिप बोरिङहरू छन् । यिनै व्यवसायीहरूबाट उपत्यकावासीले दैनिक करिब ३ करोड रुपियाँको पानी किनेर उपयोग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको कपनबाट हतियारसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी

डोटीमा कुलो खन्न गएकी महिलाको जलेर मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

खोटाङ  । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीन वटा खोलामा निर्माणाधीन ‘मोटरेबल’ पक्की

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव फेला

  कैलाली ।  चार दिनअघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता