स्याङ्जामा भैंसी चोरेको अभियोगमा दुई जना पक्राउ



स्याङ्जा । भैँसी चोरी गरेको आरोपमा प्रहरीले स्याङ्जाको भिरकोट नगरपालिका–२ का २४ वर्षीय अजमत अलि र सोही ठाउँका २७ वर्षीय महमद अलिलाई पक्राउ गरेको छ ।
उनीहरुले ग१ज ५८४१ नम्बरको जिपमा भैँसी र पाडी लिएर बयरघारीतर्फ जाँदैगर्दा सोधपुछका क्रममा भैँसी किनेको ठाउँ खुलाउन नसकेपछि मंगलबार पक्राउ गरिएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
भिरकोट नगरपालिका– का तेजबहादुर केसीको दुई वर्षको पाडी र भिरकोट–२ की जमुना केसीको सात वर्षको लैनोभैँसी गोठबाटै हालै चोरी भएको थियो । पीडित किसानले गोठबाटै भैँसी हराएको उजुरी दिएपछि प्रहरीले खोजतलास थालेको थियो । यस क्रममा अलि द्वयलाई जिपसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
तेजबहादुर केसी र जमुना केसीलाई भैँसी र पाडी देखाउँदा आफूहरुको भएको बताएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिए । चोरी कार्यमा संलग्नलाई जिल्ला अदालतमा म्याद थपी अनुसन्धान थालिएको जनाएको छ ।
चोरी गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने भन्दै सो नगरपालिकाका स्थानीय बासिन्दा वडा प्रहरी कार्यालय वालिङमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युरोप, अमेरिका पुग्छ सिगानाको अकबरे खुर्सानी

गलकोट । पछिल्लो सयम रुचाइएको खुर्सानीको प्रजातीमध्यको एक अकबरे खुर्सानीको सिगानाका किसानहरुले व्यावसायीक

दसैँमा किन घुम्ने कर्णाली ?

प्रकाश अधिकारी, कर्णाली । दसैँतिहार मनाउन घरबाहिर भएका धमाधम फर्कँर्ने क्रम चलिरहेको छ।

मतदातालाई सूचनामा सम्पन्न बनाउँदै निर्वाचन आयोग

प्रकाश सिलवाल, काठमाडौँ । के तपाई मतदाता नामावलीमा आफ्नो नाम छ भन्नेमा ढुक्क

राष्ट्रपतिद्वारा नव कन्याको पूजा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गाको अवतारस्वरुप आज महानवमीको दिन नव कन्याको पूजा