ट्रायल पास गराइदिन्छु भनी ठगी गर्ने पक्राउ



भक्तपुर । मध्यपुरथिमि नगरपालिका–९ राधेराधेमा रहेको इजीवे ट्रायल सेन्टरमा सवारी साधनको लाइसेन्स निकाल्न आउने व्यक्तिसँग पैसा दिए ट्रायल पास गराइदिन्छु भनी ठगी गर्दै हिँड्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थिमि भक्तपुरबाट खटिएको प्रहरी टोलीले सोमबार सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–३ घर भई हाल काठमाडौँ शङ्खमुल बस्ने ५० वर्षीय केशवबहादुर श्रेष्ठलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रवत्ता दीपक गिरीले जानकारी दिए । लाइसेन्स बनाइदिन्छु भनेर ठगी गर्दै हिँडेका श्रेष्ठबारे ठगी मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरिएको गिरीले बताए ।

त्यसैगरी सिन्धुपाल्चोक साँगागढी घर भई हाल मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित ३६ वर्षीया ममता श्रेष्ठको दुईतले घरको भुइँ तलामा डेरा गरी बस्ने २० वर्षीया जुनु श्रेष्ठको कोठाको ढोका फुटाएर चोरी गर्दै गरेका व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त थिमि भक्तपुरको प्रहरी टोलीले ताप्लेजुङ चिडिउवा गाउँपालिका घर भई हाल काठमाडौ बस्ने १८ वर्षीय पुजन लिम्बू र काभ्रे घर भई हाल काठमाडाँै डल्लु बस्ने १८ वर्षीय अनिल तामाङलाई पक्राउ गरेको छ । प्रवक्ता गिरीले पक्राउ परेका लिम्बूको साथबाट ताल्चा फुटाउने एक थान छिनो र नगद पाँच हजार ३१५ र तामाङको साथबाट एक थान खुकुरी १५ हजार ५०० बरामद गरी अनुसन्धान शुरु गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वर्णिम वाग्लेको प्रश्नः बैरागी स्वयं शंकको घेरामा हुनुहुन्छ, शंकाको घेरामा रहेको व्यक्तिले कसको छानबिन गर्ने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा प्रकरणबारे सरकारले

भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुने गृहमन्त्रीको दाबी

काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय अध्ययन एवं छानबिन समिति

बीसवर्षे ‘सगरमाथा वृक्षरोपण महाअभियान’ घोषणा

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले ‘सगरमाथा संवाद’ कार्यक्रमको आह्वानअनुसार २०वर्षे ‘सगरमाथा वृक्षरोपण

हिजो रद्द भएको काठमाडौं-दोहा-काठमाडौं उडान आज मध्यान्ह १२ बजे हुने

काठमाडौं । इरानले कतारको दोहास्थित अमेरिकी सुरक्षा बेसमा आक्रमण गरेपछि सोमबार राति रद्द