गुण्डा नाइके रमेश बाहुनलाई दश वर्ष कैद र ७५ हजार जरिवानाको फैसला



काठमाडौं । रमेश बाहुन भनेर चिनिने गुण्डा नाइके सुजन पौडेललाई अदालतले १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले उनलाई यस्तो सजायको फैसला गरेको हो ।

अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले पूर्पक्षका लागि कारागारमा रहेका पौडेललाई पक्राउ गरेको मितिले १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला भएको जानकारी दिए ।

प्रहरीले पौडेललाई लागूऔषध खैरो हेरोइन र कटुवा पेस्तोलको गोलीसहित १० असार २०७१ मा काठमाडौं कलंकीबाट पक्राउ गरेको जानकारी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कैलालीका सात वटा नदीमा तटबन्ध निर्माण सुरु

कैलाली । कैलाली जिल्लाका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध निर्माण

गण्डकीका बिनाविभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मा, चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालय

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।

सरकारी जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६