पूर्वसचिव कार्कीकी पत्नी मुनाको पनि उपचारका क्रममा मृत्यु



काठमाडौँ । ललितपुरको सानेपास्थित घरमा गम्भीर अवस्थामा फेला परेकी पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको पनि मृत्यु भएको छ । स्टार अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

कामदार २२ वर्षीय विजय चौधरी भान्साकोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

मुनामाथि आक्रमण गरेपछि चौधरीले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । मुनाको हात पछाडिबाट बाँधिएको अवस्थामा भेटिएको थियो ।

पूर्वसचिव कार्की बिहान पशुपति दर्शनका लागि गएका बेला घरमा यस्तो घटना भएको हो ।

आफू पशुपति दर्शनका लागि गएका बेला घरमा यस्तो घटना भएपछि पूर्वसचिव कार्की विक्षिप्त बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका स्याङजा वालिङका शिव थापा व्यावसायिक रूपमा

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई ४८ करोड भुक्तानी गरेको छ ।

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना

नेपाली सेनाले माग्यो प्राविधिक, हवाइ र विविध सेवातर्फ तीनसय भन्दाबढी कर्मचारी

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । भर्ना छनोट