लुम्बिनीको बज्रयान महाबिहारका लागि काठमाडौँ महानगरपालिको चार करोड अनुदान



काठमाडौं । लुम्बिनीमा निर्माणाधीन ब्रजयान महाविहारमा कलात्मक आँखीझ्याल र प्रवेशद्वार बनाउन काठमाडौं महानगरपालिकाले ४ करोड २९ लाख १८ हजार रुपैयाँ अनुदान दिएको छ । काठमाडौंमा भएको कार्यक्रममा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले महाविहार संचालक समितिका अध्यक्ष प्रा. डा. नरेशमान बज्राचार्यलाई अनुदान रकमको चेक हस्तान्तरण गरेका छन् ।

चेक हस्तान्तरणपछि मेयर शाक्यले, नेपाल चिनारीका रुपमा रहेका गौतमबुद्ध र सगरमाथाको देशका रुपमा विश्वसामु परिचित भएकाले लुम्बिनीमार्फत काठमाडौंको पहिचान बिश्वभर पुर्याउन सहयोग गरिएको बताए ।

‘हामी विश्वका जुनसुकै देश जाँदा पनि गौतमबुद्ध र सगरमाथाको देशका नागरिक हौँ भनेर गौरवका साथ भन्ने गर्छौ,’ मेयर शाक्यले भने, ‘तर, लुम्बिनीमा नेपाली मौलिकभन्दा अन्य देशका महाबिहार धेरै छन् । गौतमबुद्धको जन्मथलो लुम्बिनी घुम्न आउँदा हाम्रो परम्परा झल्किने खालका महाविहार नदेख्दा पर्यटकहरु खिन्न हुनुपर्ने अवस्था छ । यो खिन्नता कम गराउन महानगरले सहयोगको हात कार्यक्षेत्र बाहिर बढाएको हो ।’

उनले अब लुम्बिनी घुम्न आउने पर्यटक र बौद्धधर्मालम्बीहरु नेपाल बज्रयान महाविहारभित्र छिर्दा त्यहाँ नेपालको कला, संस्कृतिको झल्को पाउने बताए ।

लुम्बिनी नगरपालिकाका मेयर मनमोहन चौधरीले, काठमाडौँ महानगरपालिकाले आफ्नो नगरपालिका भित्र रहेको लुम्बिनीमा नेपाल बज्रयान महाविहार निर्माणका लागि सहयोग गरेको भन्दै खुशी व्यक्त गरे ।

लुम्बिनी भियतनाम, श्रीलंकालगायतका देशले आ–आफ्नै शैलीका महाविहार निर्माण गरेका छन् । त्यहाँ नेपालीपनका बिहारको नभएकोले बौद्ध धर्म संघ, नेपाल बज्रयान महाविहार संचालक समितिले २०६८ सालदेखि ब्रजयान महाविहार निर्माण शुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर