चीन कोरोना निर्मूल गर्न आत्मनिर्भर हुनेमा राष्ट्रिय सरोकार मञ्चको विश्वास



छिमेकी देेश चीनमा व्यापक रूपलेे फैलिरहेको कोरोना भाईरसले सयौं चिनियाँ जनताको जीवन हताहत भईसकेको छ भने हजारौंको संख्यामा चिनियाँ जनता यो भाईरसले प्रभावित भईरहेको छ। यस दुखद खबर सुन्दा हामी एकदम मर्माहित भएका छौं। हामीले यस दु:खद घडीमा चिनियाँ जनता र चीनसँग भौतिक रूपमा साथ हुन नसके पनि हामी यस अप्ठेरो समयमा कुनै न कुनै रूपले नजिक छौं। हामीलाई लाग्छ जनता माथि आई परेको यस किसिमको बज्रपातसँग लड्न चीन आफै क्षमतावान छ तर पनि नेपाली जनता हरदम चिनियाँ जनताको अप्ठेरो समयमा साथमा रहनेछ भन्ने बिश्वस्त गर्न चाहन्छौं।
यस कोरोना भाईरसद्वारा मृत्यु ग्रहण गर्नु भएको चिनियाँहरूलाई भावपुर्ण श्रद्धाञ्जलि दिन चाहन्छौं। उनीहरूको दिवंगत आत्माले शान्ति पाई व‌ैकुण्ठमा बास होस्। नेपाली जनता दिवंगत आत्माको परिवार र सिङ्गो देश चीन प्रति हार्दिक समवेदना टक्राउन चाहन्छौं। यस कोरोना भाइरससँग लडिरहेका हजारौं व्यक्तिहरूको तत्काल स्वास्थ्य लाभ हुनेछ भन्नेमा हामी अाशावादी छौं। छिमेकि देश चीन रोग निर्मूल गर्न आत्मनिर्भर छ भन्नेमा पनि हामी बिश्वस्त छौं। चिनियाँ नेता र जनतालाई यी कठिन समयहरूमा धैर्य धारण गर्न सक्ने शक्ति मिलोस् र विश्व चीनको सहयोग र साथमा रहनेछ भन्ने अपेक्षा राख्दछौं। चिनियाँ-नेपाल मित्रता सदाका लागि अमर रहोस्।

सोम बिक्रम सिंह
कर्मनिष्ठ अभियन्ता तथा अध्यक्ष ( राष्ट्रिय सरोकार मञ्च नेपाल )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्याग्दीमा टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

  म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

मनाङ आउने पर्यटकको रोजाइमा होमस्टे

  मनाङ । पछिल्लो समय भ्रमणका क्रममा बसोबासका लागि घरबास (होमस्टे) रोजाइमा पर्ने

सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व

  काठमाडौँ ।  वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट  ५० करोडभन्दा बढी राजस्व

तामाकोशीमा पौडी खेल्ने क्रममा दोलखाको गौरीशंकरका दुई युवा बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ खारेका दुई युवा तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता