थुनामा रहेका व्यक्ति छुटाइदिन्छु भन्दै ४२ लाख रुपैयाँ लिने वकिल पक्राउ



काठमाडौँ । प्रहरीले राजस्व चुहावट मुद्दामा थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै ४२ लाख घूस लिने अधिवक्ता टंकबहादुर राना मगरलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जनन्यायिक कानुनी सेवा केन्द्र माइतीघरका अधिवक्ता राना मगरलाई शुक्रबार पक्राउ गरिएको जानकारी दिएका छन् ।

राजस्व चुहावट प्रकरणमा नख्खु कारागारमा रहेका रमेश दाहाललाई भनसुनमा छुटाइदिन्छु भन्दै ४२ लाख घूस लिएको परिवारको निवेदनका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । थुनामा रहेका दाहाललाई अदालतले २ करोड, २५ लाख धरौटी माग गरेको छ । दाहाल २०७५ मंसिर २७ गतेबाट थुनामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

टीकापुर । कैलालीको जानकी गाउँपालिका–५ पहाडीपुरका नारायण जोशीको परिवारको मुख्य आम्दानीको स्रोत सागसब्जी

म्याग्दीमा थपिए चारवटा सडक स्तरोन्नति आयोजना

म्याग्दी । गण्डकी प्रदेश सरकारमार्फत म्याग्दीमा आर्थिक वर्ष २०८१/८२ मा चारवटा सडक स्तरोन्नतिसम्बन्धी

देशमा सात लाख ६० हजार प्रमाणित किसान

कर्णाली । कर्णाली प्रदेशको राजधानी सहर सुर्खेत वीरेन्द्रनगरमा किसान सूचीकरणसम्बन्धी समन्वय गोष्ठी सम्पन्न

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वीरगञ्ज । सडक विभागले पर्साको तिलाबे खोलामा यो वर्ष पनि बेलिब्रिज जडान गर्ने