जन्म दिनमा मानव सेवा आश्रमलाई दुई लाख रुपैयाँ बराबरको औषधि प्रदान



काठमाडौं । अनेरास्ववियूका नेता भुवन आचार्यले आफ्नो जन्मदिन काठमाडौंको सामाखुसीस्थित मानव सेवा आश्रममा मनाएका छन् । आफ्नो ३१ औं जन्म दिनमा आचार्यले मानव सेवा आश्रमलाई दुई लाख रुपैयाँ बराबरको औषधि हस्तान्तरण गरेका छन् । जन्मदिन मनाउन फजुल खर्च नगरी उनले मानव सेवा आश्रमलाई सहयोग गरेका हुन् ।

त्यसक्रममा आचार्यले आश्रममा आश्रय लिएर बसिरहेका एक सय १० जनालाई खाना खुवाएका थिए भने नगद दश हजार रुपैयाँसमेत हस्तान्तरण गरेका थिए । उनले आश्रमलाई आवश्यक पर्ने औषधि आगामी दिनमा तीन तीन महिनामा हस्तान्तरण गर्ने बताएका छन् ।

राजनीतिसँगै आचार्यले विभिन्न स्थानमा स्वास्थ्य शिविर संचालन गर्नुका साथै असहायलाई सहयोग गर्दै आएका छन् । उनले जन्म दिनमा फजुल खर्च नगरी दीनदुःखीलाई सहयोग गर्न अरुलाई पनि प्रेरणा मिलोस् भनेर आफूले अभियान चलाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहिद सप्ताह सुरु

काठमाडौं । काठमाडौंको टेकु पचलीस्थित सहिद शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिईएको स्थानमा आज श्रद्धाञ्जली

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले दुई वटा गैँडा मरेका छन् ।

बर्दीमै तास खेल्ने १४ प्रहरी कारवाहीमा

सर्लाही । सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी