‘ढुकुटीमा मोजमस्ती, अनुदानमा गर्छौ भोज…..’



काठमाडौं । राष्ट्रियसभाका एक जना सांसदले चीनमा फैलिएको कोरोना भाइरस भन्दा पनि खतरनाक भ्रष्टाचार नामको भाइरस नेपालमा सक्रिय रहेको भन्दै सदनमा कविता वाचनमार्फत व्यंग्य गरेका ।

बुधबारको राष्ट्रियसभा बैठकको विशेष समयमा सांसद पासवानले मूल्यबृद्धि, भ्रष्टाचार, बेरोजगारी र सरकारले गरेका कामप्रति इंगित गर्दै कवितामार्फत व्यंग्य गरेका हुन् ।
यस्तो छ पासवानले वाचन गरेको कविता

नेपालीहरु खोज्दैछन् विकास र सम्मृद्धि

अनायास देख्दैछन् दण्डहीनता र भ्रष्टाचारमा वृद्धि
तरकारी बजारदेखि सरकारी कार्यालयसम्म भ्रष्टाचार झांगिसक्यो,
शैशवकालमै सम्मृद्धिलाई कोरोना भाइरसले खाइसक्यो
समानता स्वतन्त्र सिकिस्त छन् , लोकतन्त्र पनि थला परिसक्यो
संघीयता, गणतन्त्र छट्पटिदै छन् यहाँ,

समावेशीताको पारा झरिसक्यो
आफ्नै भूमिका नागरिकता दिदैनांै ठानेर विदेशी
के अपराध भो जन्मनु भई जनजाति र मधेशी
गाँस,बास, कपास माग्दा कुरा मात्रै चिल्ला
जनता आवास, भूमि ऐन पनि कहाँ छ र गतिला ?

हिड्ने सडक माग्दा जहाजको कुरा झिक्छौ
सत्ता टिकाउन विदेशी डलर पाउन आफै किन बिक्छौ ?
यहाँ सम्म कि सरकार,
यति सम्झौता, गोकर्ण रिसोर्ट र मेलम्ची ठेक्कामा के ठिक छौ ?

सरकार,
न्याय र समानताको नारा लगाउछौ बेसरी
समान दोषमा कोही सत्तामा त कोही जेलमा कसरी ?
ढुकुटीमा मोजमस्ती, अनुदानमा गर्छौ भोज,
जनता किन भोकै छन् गर्यौ कहिल्यै खोज ?

देश बनाउन युवा शक्ति खाडीमा फाल्दैछन् ज्यान,
के पाए युवाले शिवाय तिरस्कार र अपमान
तिमीलाई छुट कसरी गर्न वाईडवडी र एनसेलकाण्ड
पुर्खौंको पौरख गुमाउँदै हसाई पुरै ब्रह्माण्ड

प्याजको भाउ घट्दै गर्दा कुखुराको भाउ आकाशियो
के गर्यौ सरकार कुखुराको मूल्यले होलीको मुखैमा पिरोलिसक्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आहा ! पर्यटकीय गन्तव्य रारा

मुगुको मुख्य पर्यटकीय गन्तव्य रारा तालमा डुङ्गा शयर गर्दै पर्यटक । तस्बिर: नृपेन्द्रबहादुर

महाकाली सिँचाइ तेस्रो चरण आयोजना मूल नहर निर्माणले पायो तीव्रता

कञ्चनपुर र कैलालीको मालाखेती क्षेत्रसम्म सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित निर्माण भएको महाकाली सिँचाइ

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न राष्ट्रिय सहमति आवश्यकः महासचिव गुरुङ

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले शान्ति

वैशाख मसान्तसम्म मुलुकको व्यपार घाटा ११ खर्ब ७७ अर्ब

  काठमाडौँ ।  चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब