यौन दुव्र्यवहारको आरोप लागेका एसएसपी राणाद्वारा प्रहरीसमक्ष आत्मसमर्पण



काठमाडौँ । यौन दुव्र्यवहारको आरोप लागेका नेपाल प्रहरीका एसएसपी शौरभ शमशेर राणाले जिल्ला प्रहरी कार्यालय सुनसरीमा आत्मसमर्पण गरेका छन् ।

धरानकी एक महिलामाथि यौन दुव्र्यवहार गरेको आरोपमा गृह मन्त्रालयले राणालाई बिहीबार निलम्बन गरेको थियो। निलम्बनको भोलिपल्ट शुक्रबार ती महिलाले राणाले आफूमाथि बलात्कार गरेको आरोपमा सुनसरी प्रहरीमा जाहेरी थिइन् ।

राणामाथि यौन दुव्र्यवहारको आरोप लागेपछि गृहमन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिले राणामाथि थप अनुसन्धान गर्नुपर्ने राय दिएको थियो । राणालाई सुनसरी प्रहरीको नियन्त्रणमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कैलालीको जनशक्ति सामुदायिक वनमा पाटेबाघ मृत फेला

धनगढी । कैलाली जिल्लाको टीकापुर नगरपालिका-२ स्थित जनशक्ति सामुदायिक वनमा शनिबार पाटेबाघ मृत

निषेधित क्षेत्र तोड्ने राप्रपाको तयारीप्रति गृह मन्त्रालयको आपत्ति

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न लागेको

मुस्ताङको घट्टेखोलामा चौँरी मेला

मुस्ताङ। हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ घट्टेखालामा आजदेखि चौँरी मेला सुरु भएको छ

संविधानको रक्षाका लागि गणतन्त्र पक्षधर शक्तिलाई गोलबन्द गर्न ओली, देउवा र प्रचण्ड सहमत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच विद्यमान