देवयज्ञ गर्दै ट्रिटन स्कुलमा सरस्वती पुजा



काठमाडौं । श्रीपञ्चमीतथा सरस्वतीपुजाको अवसरमा सुविधानगर तीनकुनेस्थित ट्रिटन सेकेण्डरी स्कुलमा देवयज्ञ अर्थात् अग्नीहोत्री होम लगाइयो ।

विद्यार्थीहरुलाई सनातनहिन्दू धर्मसंस्ृकति र सरस्वतीमाताको पुजामा देवयज्ञको महत्वबारे जानकारी दिन र वरिपरीको वातावरण स्वच्छ बनाउन सो होम गरिएको हो । विद्यालयवरिपरीको राक्षसी प्रवृत्तिको नाश गर्न र अक्सिजनको मात्रा बढाउन सो देवयज्ञ गरिएको विद्यालयका निर्देशक राजन सुवेदीले बताए ।

सरस्वतीपुजाको अवसरमा ट्रिटन स्कुलमाआयोजनागरिएको देवयज्ञबाट यज्ञ गरेको स्थानको करीव एक किलोमिटर वरिपरी अक्सिजनको मात्रा वृद्धि हुने विश्वास गरिएको छ ।शुद्ध घिउ र जौ तिलको मात्रामिलाएर यज्ञ गरेमा (होम गरेमा) अक्सिजनको मात्रा बढ्ने धार्मिक विश्वास रहेको छ ।

पतञ्जली योग समितिका केन्द्रीय सदस्य एवम् नेपाल सरकारका पूर्व सहसचिव राजन खड्काद्वारा पाठ गरिएको उक्त देवयज्ञमा विद्यालयकी भाइस प्रिन्सिपल ममता शाह र निर्देशक राजन सुवेदीले व्रत बसेर यज्ञ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मध्यपहाडी राजमार्गको सुन्दरेखोलामा ‘आर्क ब्रिज’ निर्माण गरिँदै

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने सुन्दरेखोलामा मोटरेबल पुल निर्माण

महाकाली चार लेन पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित

दोधारा चाँदनी । महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुल पर्यटकको रोजाइमा

पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–७ सुङ्देलका १७ वर्षीय छितिज राईले पाँच वर्ष पहिले

मेचीनगर नगरपालिकाद्वारा खाद्य उद्योगलाई ५० हजार जरिवाना

झापा । मेचीनगर नगरपालिकाले स्थानीय बजार र सहकारीको अनुगमन तीव्र बनाएको छ ।