छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैदको सजाय



अर्घाखाँची । जिल्ला अदालत अर्घाखाँचीले नौ वर्षीया छोरीलाई बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाएको छ ।
अर्घाखाँची जिल्ला शीतगङ्गा नगरपालिका–४ का एक व्यक्तिले आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा यस्तो फैसला गरेको हो ।

जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासबाट जन्मकैदको फैसला भएको निमित्त श्रेस्तेदार नारायणबहादुर भट्टराईले जानकारी दिए ।
गत साउन २ गते करणी गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो । १० वर्षभन्दा कम उमेरका बालबालिकालाई करणी गरेमा कानूनमा अनुसार जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालतका श्रेस्तेदार टेकराज गैरेले बताए ।

त्यस्तै अदालतले सन्धिखर्कको डिभर्नामा पाँच वर्षीया नातिनीलाई बलात्कार गर्ने हजुरबुबालाई २० वर्ष कैद र ४० हजार जरिवानाको फैसला गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महाकाली सिँचाइ तेस्रो चरण आयोजना मूल नहर निर्माणले पायो तीव्रता

कञ्चनपुर र कैलालीको मालाखेती क्षेत्रसम्म सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित निर्माण भएको महाकाली सिँचाइ

गगन थापालाई कारबाही नगरे गृहमन्त्रीलाई गिरफ्तार गर्नुपर्छः रावल

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले कांग्रेस महामन्त्री गगन थापालाई गिरफ्तार

सुर्खेत बस दुर्घटना हुँदा दुईजनाको मृत्यु

  भेरीगङ्गा (सुर्खेत) ।  दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

सर्लाहीको चन्द्रनगरस्थित ऐतिहासिक नाढिमन ताल गौचरनमा परिणत

बरहथवा (सर्लाही) । सर्लाहीको चन्द्रनगरस्थित ऐतिहासिक पर्यटकीयस्थल नाढिमन ताल गौचरनमा परिणत भएको छ