‘देवी सरस्वती हामी नेपालीहरूले पढ्नु/पढाउनु भन्ने प्रेरणा हुन्’



डा. गोविन्दशरण उपाध्याय ।
मेरो लागि सरस्वती पूजा श्रीवसन्त पंचमी, श्रीपंचमी, श्रीसरस्वती पूजाको हार्दिक शुभकामना | आजको दिनले सबै शिक्षित हुनुपर्छ भन्ने प्रेरणा दिन्छ | यो संस्कृति जताततै फैलियोस् अर्थात् विश्वभरीका मान्छेले सरस्वती पूजा भनेको आफ्ना बालबालिकालाई अनिवार्य शिक्षा दिनुपर्छ भन्ने आन्दोलन हो हो भनेर बुझुन् | देवी सरस्वतीको पोशाक सेतो छ | सेतो कुनै रङ्ग होइन |
यो शुद्धताको प्रतिक हो | बालबालिको मस्तिष्क शुद्ध हुन्छ | देवी सरस्वतीको सेतो पोशाक बालबालिका निर्दोष मन हो | देवी सरस्वती निर्दोष बालबालिका की बुद्धि हुन् | त्यो निर्दोष बुद्धिमा जे-जस्तो पस्क्यो, बालबालिका उस्तै बन्छन् | देवी सरस्वतीको हातमा माला छ | मालाको अर्थ हो – धेरै विद्याहरू छन् | ती सबै विद्याहरू सिक्ने सम्भावना मान्छेमा हुन्छ | तर माला जपेझैं अत्यन्त एकाग्रतापूर्वक बडो मेहतन गरेर सिक्नुपर्छ पर्छ | जसरी माला वारम्वार जपिन्छ तेसै गरी विद्या पनि दोहोराएर तेहेर्ययेर मात्र आउँछ | देवी सरस्वतीको हातमा विणा छ | विणाले वालबालिकालाई मनोरन्जनात्मक तवरले कोमलता पूर्वक पढाउने प्रेरणा दिन्छ |
देवी सरस्वतीको हातमा विणा छ | विणाले वालबालिकालाई मनोरन्जनात्मक तवरले कोमलता पूर्वक पढाउने प्रेरणा दिन्छ |
विणाका तारहरू जटील हुन्छन् | स्वर तालको ज्ञान नभएकाले विणा ठीक-ठीक बजाउन सक्दैन | तेसरी नै पढाउने शिक्षक-शिक्षिकामा कोमलता पूर्वज जटिल विषयहरू बुझाउने कला हुनुपर्छ | कलाकारले मात्र वीणा बजाउँदा अरू मोहित हुन्छन् | देवी सरस्वतीका चारबटा हात छन् | विद्या सिक्नका लागि चारैवर्णलाई समान अधिकार छ त विद्याको स्रोत चारै दिशा हुन्छ | पूर्व, पश्चिम, उत्तर, दक्षिणबाट चारैवर्णका मानिसले चारैवेद अर्थात् इतिहास, जीवनकला, गायन तथा विज्ञान (ऋग्वेद, यजुर्वेद, सामवेद तथा अर्थववेद) प्राप्त गर्नु पर्छ | सरस्वती देवीको हातमा पुस्तक छ | पुस्तक को अर्थ हो – हरेक मान्छेले आफुले पढेको विद्या संस्थागत गरेर पुस्तान्तरणको ब्यबस्था गर्नुपर्छ |
प्राचीन समयमा विद्याको स्रोत श्रुति र स्मृति थिए | आफुले सिकेको विद्या पुस्तान्तरण गर्ने अर्को जन्ममा ब्रहम राक्षस हुन्छन् भनेर शास्त्रले बताएकोछ | देवी सरस्वतीको वाहन हंस अर्थात् हाँस हो | हाँसले पानीमा मिसाएको दूध छानेर खान सक्छ | हाँस अर्थात् विज्ञताको सूचक हो | मान्छेले जतिसुकै पढे पनि एउटा विषयमा विज्ञता प्राप्त गरेको हुनुपर्छ | एउटा कुनै विधामा विज्ञता प्राप्त गरेपछि तेसमा सवार भएर सजिलै जीवन चलाउन सकिन्छ | पढ्नुको तात्पर्य केवल भौतिक सुखसुविधा प्राप्त गर्नुमात्रै हुँदैन |
एउटा कुनै विधामा विज्ञता प्राप्त गरेपछि तेसमा सवार भएर सजिलै जीवन चलाउन सकिन्छ | पढ्नुको तात्पर्य केवल भौतिक सुखसुविधा प्राप्त गर्नुमात्रै हुँदैन |
यो संसार मात्रै होइन हाम्रो आफ्नो जीवन पनि विनाशवान् छ | तेसैले कमलको फुलमा पनि टिक्न नसकेझैं संसारको भोग गर्दागर्दै पनि एससंग निरपेक्ष रहेर मोक्षको साधना गर्नुपर्छ | संसारका सुखमा मरिहत्ते गर्नेहरू मानसिक रूपमा सधैं अशान्त तथा अस्थीर हुन्छन् | कमलको फूलले पढेलेखेपछि संसारमा बढी अल्मलिनु हुँदैन भन्ने संदेश दिन्छ | देवी सरस्वती विद्या, ज्ञान, बुद्धि तथा विवेककी प्रतिक वैदिक देवी हुन् | जव सरस्वती आफैमा महिला रूपमा छिन् भने महिलाका लागि विद्याको ढोका पुरुषभन्दा पहिले खोलिएको हो |
आफ्ना छोरी, नातिनी नपढाउनेहरू अधर्मी हुन् र तिनलाई देवी सरस्वतीको श्राप लाग्छ | देवी सरस्वती हामी नेपालीहरूले पढ्नु/पढाउनु भन्ने प्रेरणा हुन् | वेदमा देवी सरस्वतीको उपस्थितिले हामी सनातन धर्मीहरू अमृतका सन्तान हौँ भन्ने प्रमाणित हुन्छ | एस्ता अमृतका सन्ततिहरू अनपढ हुनुभनेको पाप हो, अपराध हो | सरकार होस् वा नागरिक शिक्षाका सवालमा विदेशीको नक्कल छोडेर आफ्नै मौलिकता अङ्गीकार गर्दै बालबालिकालाई शिक्षा ब्यबस्था गर्नुपर्छ |
कमसेकम विद्यालय र अभिभावकहरूले स-साना नानीवाबुहरूलाई अक्षर आरम्भ गर्दा A B C D बाट होइन ॐ, अ, आ, क ख लेखाएर आरम्भ गरौँ |
अंग्रेजी पढे विद्यान र नेपाली वा संस्कृत पढे परम्परावादी हुन्छन् भन्ने मूर्खतापूर्ण भ्रमबाट मुक्त हुनुपर्छ | आचार्य कुल, गुरुकुल, ग्रामकुल, कुलगुरू, गुरूशिष्य परम्पराआदि आफ्नै मौलिक परम्पराभित्र रहेर आधुनिक विज्ञानको शिक्षा दिन सकिन्छ | नक्कल गर्ने वांदर हुन्छन् विद्वान होइन | हरेक सरस्वती पूजामा सरस्वती मन्दिरमा गएर विद्या आरम्भ गर्ने परम्परा बढेको देख्दा गर्व लाग्छ तर मन्दिरको भित्तामा देवनागरी (ॐ, अ, आ, क ख) सट्टा A B C D मात्र लेखेको देख्दा मन पोल्छ | यो देशको सरकार, विद्यालय तथा अभिभावकहरुलाई कसैले यो देश नेपाल हो अंग्रेजी मातृभाषा भएको इंग्ल्यान्ड होइन भनेर कसैले बुझाइदियोस् !! कमसेकम विद्यालय र अभिभावकहरूले स-साना नानीवाबुहरूलाई अक्षर आरम्भ गर्दा A B C D बाट होइन ॐ, अ, आ, क ख लेखाएर आरम्भ गरौँ |
देवनागरी राम्ररी लेख्न र पढ्न आएपछि मात्र अंग्रेजी आरम्भ गरौँ | आफ्नो जरोकिलो आफुले थाम्ने हो र आफ्ना बालबालिकालाई तेसको ज्ञान दिने हो | नेपालका रैथाने हिन्दू, जैन, बौद्ध, बोन, किराती वा धर्म नमान्ने सबैले एसको अनुसरण गर्नुपर्छ | अन्त्यमा, विद्या दान सर्वोत्तम दान हो | विद्यालाई नितान्त कमाइखाने भाँडो बनाउन उचित हुन्न | आज पनि धेरै गुरूहरूले निशुल्क विद्यादान गरिरहनुभएको छ | उहाँबाट सिकौं | देवी सरस्वतीको नाम जप्न भन्दा पहिला उहाँको नाम पढ्न र लेख्न सक्ने क्षमताको विकास गरौँ |

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्नातक छोरीबुहारीलाई सूर्योदय नगरपालिकामा सय दिनको रोजगारी

इलाम । इलामको सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले

याकमार्फत यसरी गरिन्छ सामान ढुवानी(फोटोफिचर)

सगरमाथा क्षेत्रमा याकमार्फत विभिन्न सामग्री ढुवानी गरिँदै । उच्च हिमाली क्षेत्र भएकाले यस

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको कपनबाट हतियारसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी

डोटीमा कुलो खन्न गएकी महिलाको जलेर मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ