आँखा नदेख्ने नम्रताको कान पनि बन्द, उपचारको खोजीमा परिवार



बलराम प्यासी
धादिङ्ग । गत २०७२ बैशाख १२ को भूकम्पमा परि आफ्नै घरले थिचेर नावालक छोरा गुमाउन विवस धुनिवेसी नगरपालिका ३, आँपघारीका बाबु सुदीप र आमा सावित्री सापकोटाको परिवारमा अहिले अर्काे आपत्ति थपिएको छ ।

एक छोरा र एक छोरीसहितको सानो र सुखी परिवारमा रम्दै आएका सापकोटा दम्पत्तिको पहिलो खुसी, साढे दुईवर्षको नावालक छोरा २०७२ को भूकम्पले खोस्यो भने बाँकी रहेकी ११ वर्षिया एक्ली छोरी नम्रता अल्पदृष्टि मात्रै नभई दुवै कान पनि नसुन्ने भएपछि सापकोटा परिवारमा चिन्ता थपिएको हो ।

नम्रता जन्मँदैदेखि कम आँखा देख्थिन तर दुवै कान प्रष्टसंग सुन्थिन । तर ८ महिनाअघिज्वरो आएर दुवै कान नसुन्ने भएपछि नम्रताका बाबुआमा थप चिन्तित बनेका हुन ।
शारीरिकरुपमा साङ्ग छोरीहरुलाई समेत टिक्न कठिन हुँदै आएको नेपाली समाजमा दुवै आँखा नदेख्ने र कान पनि नसुन्ने अवस्थामा पुगेकी छोरीप्रति जन्मदिने बाबुआमाको चिन्ता अस्वभाविक होइन ।

छोरीले आँखा नदेखेकै कारण आफूसंगै पिँढीमा खेल्दै गरेको साढे दुईवर्षे भाइ घर भित्र छिरेको बेलामा भुकम्प आएर उसलाई थिचेर मारिसक्दा पनि दिदी नम्रताले भाईलाई बचाउन नसकेको पीडा सम्झिन्छन, त्यतिखेर वैदेशिक रोजगारीमा रहेका नम्रताका बाबु सुदीप ।
धेरै नजिकबाट हेर्दा मात्रै नम्रता धमिलो आकृति देख्छिन् । तर प्रष्ट देख्दिनन । बाबु सुदीपले नम्रताको आँखाको उपचारको लागि राजधानीका सबैजसो आँखा अस्पताल पुर्याईसकेका छन् ।

केहीवर्ष अघि नेपालका वरिष्ठ नेत्र विशेषज्ञ डा.सन्दुक रुइतले नम्रताको आँखाको नशा नै सुकिसकेको र उपचार हुन नसक्ने भनेपछि सापकोटा परिवारको पैतालामुनिको जमीननै भासिन पुग्यो ।

छोरीको आँखाको शल्यक्रिया नहुने दुःखद खवर सेलाउन नपाउँदै ज्वरोका कारण विगत ८ महिनादेखि छोरीले दुबै कान पनि सुन्न छोडेपछि सापकोटा परिवारमा थप चिन्ता थपिन पुग्यो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको नाक, कान घाँटी विभागमा नम्रताको कान जाँच गरेपछि उनको श्रवण शक्ति पनि गुमिसकेको थाहा भयो ।

श्रवणशक्ति फर्काउन उनको कानमा ‘कक्लर इम्प्लान्ट’ जडान गर्नुपर्ने र एउटा ‘कक्लर इम्प्लान्ट’ गर्न १४ लाख नेपाली रुपैयाँ लाग्ने भनेर सम्वन्धित चिकित्सकले लेखिदिएपछि छोरीको कानको अप्रेशनको लागि बाबु सुदिप मनकारी दाताको खोजीमा भौंतारिईरहेका छन् । भन्छन, ‘कम आँखा देख्ने मेरी दुःखी छोरीको कम्तिमा एउटा कानको अप्रेशनको लागि उपचार खर्च जुटेदेखि केही हुन्थ्यो कि ?

फागुनको तेस्रो साता नम्रताको एउटा कानको शल्यक्रिया गर्नुपर्ने भनेर चिकित्सकले तिथि तोकिदिएका छन् ।विदेशबाट ‘कक्लर इम्प्लान्ट’ मगाउन बाबु सुदीपको आग्रहमा काठमाडौंको ब्राइट स्टार सोसाइटीले केही पैसा तिरेर बुक गरिदिएको छ ।

नपुग रकम जुटाउन बाबु सुदिप विभिन्न व्यक्ति र संघसंस्था चहार्दै छन । नम्रताको तत्काल एउटा कानको शल्यक्रियाको लागि भक्तपुरका सफ्टवेयर इन्जिनियर प्रशान्त शर्मा र उनका साथीहरु पनि जुटिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नरभक्षी बाघ मर्‍यो

  चितवन । मकवानपुरको मनहरीमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको छ

काठमाडौँमा हावाहुरीसहित वर्षा

काठमाडौँ । काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज बिहानैबाट काठमाडौँका अधिकांश

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमाः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ ।  छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ (बिआरआई)  कार्यान्वयन योजनासम्बन्धी

गिरीबन्धु टि–स्टेटमा भएको भनिएको नीतिगत भ्रष्टाचारविरुद्ध नेविसंघको प्रदर्शन

काठमाडौं । सहकारीका लाखौं बचतकर्ताको अर्बौ रुपैयाँ ठगी प्रकरण र झापाको गिरीबन्धु टि–स्टेटमा