मकवानपुरमा गोली हानी ३२ किलो गाँजासहित तीन गाँजा तस्कर पक्राउ



हेटौंडा । मकवानपुर प्रहरीले गोली प्रहार गरी तीन जना गाँजा तस्करलाई ३२ किलो गाँजा सहित पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका ११ थानाभर्याङस्थित पूर्व पश्चिम लोकमार्गको सडकखण्डमा बुधबार बिहान गाँजा तस्करी गरिरहेको भारतीय नम्बर प्लेटको बीआर ०६ जी ४४५७ नम्बरको कारको टायरमा गोली प्रहार गरी प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो ।

चाईनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गर्दा नरोकिएपछि प्रहरीले कारको टायरमा गोली हानी कारलाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायरसमेत गरेको थियो ।

पक्राउ पर्नेमा एक महिला र दुई पुरुष रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेमा भारत मुजफ्फरपुरका अजयमल सवारी, सञ्जीव पासवान र जाहेरा खातुन रहेका छन् । उक्त कारबाट करिब ३२ किलो लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मोटरसाइकल दुर्घटना हुँदा झापामा एक युवकको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका–१५ मा आज बिहान मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा एक

पाँचवटा प्रदेशमा फैलियो मनसुन

  काठमाडौँ ।  देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी प्रदेशबाट

पोखरामा इन्ड्राइभलगायतका ‘राइड सेयरिङ’ सञ्चालनमा रोक

गण्डकी । कास्कीको पोखरामा अनधिकृत रुपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्य

नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ ।  नेपाल पत्रकार महासङ्घले आगामी असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन