आँखामा खुर्सानीको धुलो छरेर ५० लाख रुपैयाँ लुट्ने गिरोहका ६ जना पक्राउ



काठमाडौँ । बहूमूल्य बस्तुहरु आफूसँग रहेको भन्दै देखाउने र बेच्ने बहानामा सर्वसाधारणलाई एकान्तमा लगेर लुट्ने गिरोहका ६ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरी सार्वजनिक गरेको छ ।

महाशाखाका एसपी मुकेशकुमार सिंहका अनुसार उनीहरुले आफ्नो साथमा बल्ने ढुंगा, वनझाँक्रीको हड्डी, गौलोचन, एकमुखे रुद्राक्ष, दाहिने शंख लगायतका वस्तुहरु आफूसँग छ भनि खरिदकर्तालाई एकान्तमा लगेर लुट्ने गरेको अनुसन्धानमा खुल्न आएको छ । सो समूहले काठमाडौं भगवान पाउ बस्ने ६३ वर्षका बच्चुराम गुरुङलाई आफूसँग बल्ने ढुंगा रहेको भनेर काभ्रेस्थली लगेर आँखामा खुर्सानीको धुलो छर्केर ५० लाख लुटेर फरार भएका थिए ।

सोही लुटपाटको अनुसन्धानको क्रममा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट ६ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भीमबहादुर घर्तीमगर, नकुर तामाङ, दावा छिरिङ तामाङ, कुमारबहादुर बुढाथोकी, तेन्जिङबहादुर तामाङ र संजित वाईवा रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले १८ लाख ७५ हजार नगद तथा लुटपाटका रकमबाट खरिद गरिएको मोटरसाइकल लगायतका सामान पनि बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सशस्त्र प्रहरीद्वारा नौ लाख ४७ हजार मूल्य पर्ने कपडा बरामद

वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले शुक्रबार भन्सार छली गरेर ल्याएको नौ लाख

‘मेरा पनि छोराछोरी छैनन्, सायद मैले समयमै बिहे नगरेर पनि होला’

-केपी शर्मा ओली । कुनै पनि देश हुनका लागि जनसङ्ख्या चाहिन्छ । जनसङ्ख्या

कोभिड महामारी र भूकम्पपछिको पुनर्निर्माणमा चिनियाँ जनमुक्ति सेनाले गरेको सहयोग अतुलनीयः प्रधानसेनापति सिग्देल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–सम्बन्ध अतुलनीय रहेको जनाउँदै नेपाली

आगामी दिनमा पूर्वराजालाई ‘श्री ५’ नलेख्ने शर्तमा ज्ञानेन्द्रका संवाद सचिव रिहा

काठमाडौं । प्रहरीले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा फणिराज पाठकलाई आगामी दिनमा