८ लाख रुपैयाँ घुससहित गाउँपालिकाका अध्यक्ष पक्राउ



सुर्खेत । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीलाई ८ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । उनलाई शुक्रबार दिउँसो वीरेन्द्रनगर–७ स्थित कटकुवा स्वास्थ्य चौकी नजिकबाट अख्तियारको टोलीले पक्राउ गरेको हो ।

अध्यक्ष केसीले सडक निर्माण गरेका उपभोक्ता समितिको बिल पास गराइदिने र यसबापत घुस आफूलाई दिनुपर्ने बताएपछि उजुरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय परेको थियो ।

उजुरीका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले टोली पठाएर उनलाई घुस लिँदालिँदै पक्राउ गरेको हो । अध्यक्ष केसीसँगे जुनीचाँदे गाउँपालिकाकै चन्द्र बहादुर बस्नेत पनि पक्राउ परेका छन् । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आज निर्जला एकादशी, घरका मठमा तुलसीको दल राखिँदै

  काठमाडौँ ।  वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल राख्दैछन्

डेढ वर्षमा सूर्यविनायक–धुलिखेल सडक विस्तारको २५ प्रतिशत प्रगति

भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको छ लेन विस्तारको

निर्धारित समय अगावै भालुखोला र मेवाखोलामा पक्की पुल निर्माण

खोटाङ ।  दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने दुईवटा खोलामा तोकिएको समयभन्दा अगावै मोटरेबल पक्की पुल

लुक्लामा १० दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा

सोलुखुम्बु । मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प