ठूलो परिमाणमा सुर्तीजन्य पदार्थसहित तीन जना पक्राउ



काठमाडौं । सुर्तिजन्य तथा पान मसला लगायतका वस्तुहरु अवैधरुपमा भन्सार छली गरी चोरी पैठारीमा संलग्न तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याई लुकाई छिपाई काठमाडौं लगायत देशका विभिन्न ठाउँमा अवैध कारोबार गर्ने तीन जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

महानगरीय अपराध महाशाखा टेकुले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । प्रहरी उपरीक्षक मुकेश कुमार सिंहका अनुसार पक्राउ पर्नेमा काठमाडौंको सुन्धारा बस्ने भारत मोतिहारी घर भएका २७ वर्षिय मोहमद आदिल हुसेन, ललितपुरको खुमलटार बस्ने नुवाकोट घर भएका ३० वर्षिय नारायण बोगटी, र काठमाडौंको गौरिघाट बस्ने भारत छपराका ४५ वर्षिय उदय भनिने शरण कुमार सिंह छन् ।

उनीहरुलाई प्रहरीले काठमाडौंको सुन्धारा, ललितपुरको धापाखेल तथा काठमाडौंको गौरीघाट स्थित गोदामबाट सामान सहित पक्राउ गरेको हो ।

उनीहरुले सुर्तिजन्य तथा पान मसला, कपडा, मोटर पार्टस लगायतका सामाग्रीहरु भन्सार छलेर चोरी पैठारी गरी भारतबाट ल्याई सिमावर्ती क्षेत्रमा जम्मा गर्ने र काठमाडौं लगायत देशका विभिन्न ठाउँमा विक्री वितरण गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । उनीहरुलाई कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाउने तयारी प्रहरीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तस्बिरमा मुस्ताङको मार्चे लेक

धौलागिरी हिमालको फेदीमा रहेको मुस्ताङको थासाङ गाउँपालिकास्थित मार्चे लेक । चौँरी, गाईभैँसी, भेडाबाख्राको

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा

दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको