मकवानपुरको मनहरिमा हात्ती आतंक, गाउँले त्रसित



हेटौंडा । मकवानपुरको मनहरिका ३ वटा वडामा जंगली हात्तीले आतंक मच्चाएको छ । हेटौंडा बजारबाट करिब १४ किलोमिटर पश्चिम क्षेत्रको जंगलमा केही दिनयता हात्तीले आतंक मच्चाएको हो । दिउँसोभर रन्चेडाँडामा बस्ने हात्ती साँझ परेपछि बस्ती भएको लामिटारतर्फ गएकोले स्थानीय त्रसित भएका छन् ।

हात्ती आतंकले लामिटारका २ सय ५० घरधुरी त्रसित छन् । केही दिन यता उक्त क्षेत्रमा राष्ट्रिय निकुञ्ज, वन कार्यालय र स्थानीय युवाहरुको समूहसहित डार्टिङ (बेहोस बनाउन सुइ हान्ने प्रविधि) गर्ने जनशक्तिसहित टोली परिचालन गरिएको छ । मानव सुरक्षाका लागि डार्टिङ टोली उक्त क्षेत्रमा पुगेपनि प्रहार गर्ने उपयुक्त ठाउँ नभेटिएको जनाइएको छ ।

मनहरी गाउँपालिका–२ र ३ र का मानव बस्तीका जंगलछेउ आएर जंगली हात्तीले मानवीय तथा भौतिक क्षति पुर्याइरहेकोले स्थानीयलाई सचेत रहन मध्यवर्ती उपभोक्ता समितिले आग्रह गरेको छ । दिउँसो निकुञ्जका सुरक्षाकर्मी आउने गरे पनि राति गाउँलेहरूले आगो बालेर हात्ती धपाउने गर्ने गर्छन् । दिनभर जंगल क्षेत्रमा लुक्ने हात्ती राति सक्रिय हुने गरेको छ ।

मनहरी गाउँपालिका वडा नं २ र ३ को सिमानास्थित ठाडोखोलामा बिहीबार जंगली हात्तीको आक्रमणबाट एउटा अटोमा क्षति पुगेको थियो । आक्रमणबाट मानबीय क्षति भने नभएको जिल्ला प्रंहरी कार्यालय मकवानपुरले जनाएको छ । बुधबार राति मनहरी गाउँपालिका ३ का ८० बर्षीया बृद्धलाई जंगलमा आक्रमण गरी मारेपछि जंगली हात्ती वडा नं २ तर्फ लागेको स्थानीयबासिन्दाले बताएका छन् ।

साथै हात्तीको आक्रमणबाट केही स्थानीयको घर पनि भत्काएपछि अहिले गाउँलेहरु आक्रान्त बनेका छन् । जंगली हात्तीको आक्रमणबाट वर्षेनी ठूलो जनधनको क्षति व्यहोर्नु परेको छ । तर हात्ती नियन्त्रणको काममा भने सरकारले तदारुकता नदेखाएकोमा स्थानीयको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भ्रष्टाचार मुद्दामा नागार्जुन नगरपालिकाका मेयर दोषी ठहर

काठमाडौं । विशेष अदालतले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

६० किलो सुन तस्करी प्रकरणकी आरोपी अमला पक्राउ

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोका पक्राउ परेकी

ग्वार्को ‘फ्लाई ओभर’ उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले भने-अब मुलुकमा कायाकल्प हुन्छ

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्कोमा नवनिर्मित ‘फ्लाई ओभर’ ले ग्वार्काेसहित आसपासका

डोटीमा जिप दुर्घटना, तीन जनाको मृत्यु

डोटी । डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने